सन्दर्भ विश्व मधुमेह दिवस : मधुमेहले आँखामा असर
काठमाडौँ। संसारमा कूल अन्धोपनामध्ये चार दशमलव आठ प्रतिशत मधुमेहकै कारणले हुने गरेको देखिएको छ। समयमै उपचार नगरे मधुमेह रोग र यसबाट विभिन्न असर हुन सक्छन् । डायबेटिक रेटिनेप्याथी मधुमेहको जटिलतामध्ये एक प्रमुख अवस्था हो। मधुमेहले गर्दा आँखाको पर्दा (रेटिना)मा देखिने विभिन्न असरलाई डाइबेटिक रेटिनोपेथी भनिन्छ। मधुमेहको असरले गर्दा शुुरुमा आँखाको पर्दामा रक्तश्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुन्निने हुनसक्छ। मधुमेहले आँखाको पर्दामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिने चिकित्सकको भनाइ छ।
समयमै उपचार नभए अत्यधिक रक्तश्राव भई आँखाको दृष्टि सधैँका लागि गुम्ने खतरा हुने तिलगङ्गा आँखा प्रतिष्ठानका आँखाको पर्दा विशेषज्ञ डा रबा थापाले बताए। उनले भने, “मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको (३० वर्षमुनि हुने मधुमेह) करीब सबै र दोस्रो प्रकारको (३० वर्षपछि हुने) मधुमेहमा करीब दुई तिहाइ बिरामीको आँखाको पर्दा अर्थात् रेटिनामा असर परिसकेको हुन्छ।” आँखामा धेरै असर गरिसकेपछि मात्र रोगका बारेमा थाहा हुने र त्यतिबेला उपचारपश्चात् पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुने डा थापाले बताए।
मधुमेहले आँखाको पर्दाको रक्तकोशिकामा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्दछ। जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुन गई दृष्टि कमजोर हुन्न जान्छ। आँखामा मधुमेहले पार्ने असरबारे जनचेतनाको अभावले गर्दा बिरामी निकै ढिला अस्पताल आउने गरेको पाइएको छ। मधुमेहले शरीरका अन्य भागजस्तै आँखाको दृष्टि पर्दाको नसामा पनि असर गर्दछ । आँखाको पर्दा आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो।
मधुमेहको रोकथाम र सचेतनालाई व्यापक बनाउने अभियानअनुरुप यस वर्षको विश्व मधुमेह दिवस ‘मधुमेह : हरेक परिवारको सरोकार’ भन्ने नारासाथ आज विश्वभर मनाइँएको छ । नेपालमा पनि विभिन्न स्वास्थ्य सम्बन्धी संघसंस्थाहरुले मधुमेह दिवस मनाएका छन्। तिलगङ्गा आँखा प्रतिष्ठानले मधुमेहको आँखामा असरसम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाइरहेको छ।
यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मधुमेहको आँखामा असरसम्बन्धी स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सोनु केसीले जानकारी दिए। अन्तर्राष्ट्रिय मधुमेह सङ्घका अनुसार संसारभर ४२ करोड ५० लाख मानिस मधुमेहबाट ग्रसित छन् भने ३५ करोड २० लाख मानिस ‘प्रकार दुई’ मधुमेहको जोखिममा छन्। साथै आधा जति मधुमेहका बिरामीलाई आफूलाई मधुमेह भएकै थाहा छैन। मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर देखिन्छ।
November 14, 2018 2:36 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।