अष्ट्रेलिया जानुपर्ने सुदीप चितवनबाट हराएर तेह्रथुममा भेटिए
चितवन – ६ दिनदेखि हराइरहेका चितवनको कालिका नगरपालिका वडा नम्बर ६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा भेटिएका छन् ।
कात्तिक २६ गते सोमबार विदेश यात्राको लागि आवश्यक सामान खरिद गरी फर्कने क्रममा उनीबीच बाटोबाटै बेपत्ता भएका थिए । सापकोटाले अष्ट्रेलिया जान तयार पारेको डकुमेन्ट नक्कली भएको पुष्टि भएको छ । अष्ट्रेलिया जाने तयारीमा रहेका सुदीप नारायणगढमा सामाग्री किनमेल गरेपछि सुटकेससहित हराएका थिए ।
भारतको दिल्लीमा रहेको एक कलेजबाट कम्प्युटर इन्जिनियर पास गरेका सुदीपको आगामी मंसिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसाका लागि टिकट समेत लिइसकेको जानकारी परिवारले पाएका थिए । त्यसै अनुसार उनको विदेश यात्राको तयारी भएको थियो । सुदीपले गएको असोज ३ गते सरिना पोखरेलसँग विवाह समेत गरेका थिए ।
सुदीपका बुवा गंगा सापकोटाले सुदीप भेटिएको र लिनका लागि तेह्रथुम गइरहेको बताउनुभयो । इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी दयानिधि ज्ञवालीले सापकोटाले अष्ट्रेलिया जानका लागि तयार पारेको डकुमेन्ट नक्कली भएको बताउनुभयो ।
सुदीपलाई खोज्न भरतपुरबाट जुटपानी जाने सडक मार्गमा पर्ने जंगल क्षेत्रमा प्रत्येक दिन जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले खोजतलास एवम् सर्च अभियान चलाएको थियो । मोबाइल टेलिफोनको कल डिटेल र ल्यापटपको संकेतका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।
विभिन्न व्यक्ति तथा संघ संस्थाद्वारा सामाजिक सञ्जाल मार्फत बेपत्ता सुदीप सापकोटाको खोजी गरिदिन भन्दै आग्रह समेत गरेका थिए । सयौं फेसबुक प्रयोगकर्ताहरुले आ–आफ्नो फेसबुकमा पोस्ट तथा शेयर समेत गरेका थिए ।
यसरी भेटिए सुदीप
जब सुदीप हराए तब प्रहरीले खोजी कार्यमा सक्रियता बढायो । मोबाइल कल डिटेल र लोकेसनलाई प्रहरीले हेर्दै गयो । सुदीपले आफूले प्रयोग गर्दै आएको सीमकार्ड फाले । तर, उनको मोबाइल प्रयोग भइरहेको पाइयो ।
प्रहरीले मोबाइल मात्र होइन, सुदीपले प्रयोग गर्दै आएको ल्यापटपको आइएमइआई कोड नम्बर पत्ता लगाई खोजी कार्य अगाडि बढायो । पिछा गर्दै जाँदा उनी शनिबार तेह्रथुमको एक होटलमा रहेको पत्ता लाग्यो । इलाका प्रहरी कार्यालय चितवनका डीएसपी दयानिधि ज्ञावालीले मोबाइल र ल्यापटपको साहराका कारण सुदीपलाई पत्ता लगाउन सकिएको बताउनुभयो ।
नारायणगढ बजारमा सामान खरिद गरी पुल्चोकबाट साँझ ५ बजेको समयमा छोरा म्याजिक गाडी चढी क्याम्पस गेटतर्फ गएपछि हराएको सुदीपका बुवाले बताउनुभयो । सँगैै सामान खरिद गर्न गएका बुवा भने नारायणगढबाट मोटरसाइकलमा गौरीगञ्ज तर्फ लागेका थिए । उज्यालोबाट साभार
November 17, 2018 7:22 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।