Monday 22nd December 2025

प्रतिमा शर्मा : जसलाई एमबीबीएस पढाउन गाउँ नै सहयोगमा जुट्यो

7 years अगाडी

बाँके – नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत नेपालगञ्जबाट सात किलोमिटर पश्चिम खजुरा एक नम्बरबाट झण्डै ५०० मिटर उत्तरमा एउटा माटोको घर छ ।

गएको वर्षको वर्षाले पछाडिपट्टि भत्काइदिएपछि अहिलेसम्म पनि खरले बारेर पानी छेक्ने बनाइएको छ । यही घरमा बसेर माध्यमिक शिक्षा गाउँकै ज्ञानोदय नमुना माविबाट पूरा गरेकी प्रतिमा शर्माले त्रिभुवन विश्व विद्यालयबाट पूर्ण छात्रवृत्तिमा एमबीबीएसमा नाम निकाल्न सफल भएपछि यतिबेला उनलाई हौसला दिँदै सहयोग जुट्ने क्रम जारी छ ।

खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुमन मल्लले आफ्नो तीन महिनाको तलब एक जेहेन्दार विद्यार्थीको अध्ययनका लागि सहयोग गर्नुभएको छ ।वडाध्यक्ष मल्लले साउनदेखि असोज महिनासम्मको गरी तीन महिनाको तलब ५९ हजार ४०० रुपैयाँ शुक्रबार  हस्तान्तरण गर्नुभयो । प्रतिमाका बुवा मदन ढुङ्गाना र आमा सीतादेवीले छोरीलाई सबैतिरबाट प्राप्त सहयोगले एमबीबीएस पढाउन सकिएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

शर्माले  पूर्ण छात्रवृत्तिमा नाम निकालेको  भए पनि  सुरुमा करिब चार लाख रुपैयाँ शुल्क बुझाउनुपर्ने  बताउनुभयो । एमबीबीएस अध्ययन पूरा गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । कमजोर आर्थिक अवस्था भएका शर्माको परिवारसँग त्यति रकम नभएपछि स्थानीय बासिन्दा सहयोग संकलनमा जुटेका छन् ।

सहयोग अभियानको नेतृत्व गरिरहेका खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले करिब तीन लाख रुपैयाँ संकलन भइसकेको र अरु सहयोग जुट्ने क्रममा रहेको बताउनुभयो ।

          November 17, 2018 7:51 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...