Thursday 12th February 2026

कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका मृतक परिवारलाइ खोटाङ सम्पर्क-मञ्च कुवेतद्वारा आर्थिक सहयोग

7 years अगाडी

कुवेत।विगत केही महिना पहिले कुवेतमा सवारी दुर्घटनामा ज्यान गुमाएका खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतका सदस्य निर कुमार राइको परिवारलाइ खोटाङ कुवेत सम्पर्क-मञ्च कुवेतले ७७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम आज एक विशेष कार्यक्रमको आयोजना गरि मृतक परिवारलाई हस्तान्तरण गरिएको छ।

मझुवा रुपाकोट नगरपालिका-२ सोलमा निबासी नीर बहादुर राइको एक छोरी र श्रीमती घरमा छन। मृतक राइकी छोरिको शिक्षा दिक्षाका लागि भनी संस्थाले उक्त सहयोग रकम सहयिग गरेको हो। खोटाङ जिल्लाका सभासद हिरा गुरुङ, पुर्ब जिबिस शभापती बिष्णु कुमार राई, नेपाली काङ्ग्रेस जिल्ला सभापति नरेश कुमार श्रेष्ठ लगायत अन्य बुद्धिजीवी र पत्रकारहरुको उपस्थितिमा मृतक राइकि श्रीमती सरु राइलाइ हस्तान्तरण गरिएको छ। उक्त हस्तान्तरण गरिएको रकम खोटाङ कुवेत सम्पर्क मञ्चले संस्थाका सदस्यहरुबाट संकलन गरेको हो।

          November 18, 2018 12:20 am | Uncategorized,प्रवास,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...