पोखरा त स्वर्गकै टुक्रा रहेछः ‘फिलिपिनो राजकुमारी’
कास्की – सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गर्नुभएको छ । पहिलो पल्ट पोखरा आउनुभएका उहाँले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताउनुभयो । उहाँ थाइल्याण्डका शान्तिदूत अपिनिता चाइचानसँग नेपाल आउनुभएको हो । चाइचान पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीमा बन्दै गरेको आमाघर (मदर प्रोजेक्ट) का कार्यकारी अधिकृत हुनुहुन्छ ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराको विशेष निमन्त्रणमा पोखरा आउनुभएका डा अमोरले विश्वका विभिन्न देश घुमेको अनुभव सुनाउँदै पोखराको सौन्दर्यको वर्णन गर्नुभयो । “एसियाको स्वीट्जरल्याण्ड भनेर चिनिने पोखरा अवर्णित सहर रहेछ । यहाँको वातावरण नै रमणीय लाग्यो । प्राकृतिक दृश्य पनि उस्तै लोभलाग्दो, मान्छे झनै सुन्दर”, उहाँले पोखरा आउनुअघि नै पोखराको सुन्दरताको निकै चर्चा सुनेको र यो ठाउँमा आउन तीव्र इच्छा रहेको बताउनुभयो । उहाँले अल्ट्रालाइटबाट माउण्टेनको दृश्य अवलोकन गर्ने रहर छ भन्दै मौसम कति बेला खुल्छ भनेर कुरिरहेको बताउनुभयो । पोखराको केआइ सिंह पुल पुगेर हिमालबाट बगेको पानीलाई शरीरमा छर्कँदै नजिकै रहेको शिव मन्दिरमा पूजारीको हातबाट उहाँले टीकासमेत लगाउनुभयो । उहाँसँगै रहनुभएका सामाजिक अभियानकर्मी चाइचानाले पनि पोखराका दृश्य लोभलाग्दो भएको प्रतिक्रिया दिनुभयो ।
उहाँहरुले पोखराको आसपास र फेवातालमा डुङ्गा चढेर बाराहीको दर्शन गर्नुभएको । हरेक धर्मले एकार्काबीच सम्बन्ध स्थापना गरेर मानवीय सेवामा लाग्न प्रेरणा दिन्छ भन्दै धर्मका नाममा मानव मानवबीच भइरहेका द्वन्द्व धर्मविरोधी भएको प्रतिक्रिया दिनुभयो । ट्राभल प्रिन्सेसको नामले समेत प्रसिद्धि पाउनुभएका डा मारियाले शिक्षा स्वास्थ्यबाट वञ्चित र सीमान्तकृत वर्गका क्षेत्रमा विश्वव्यापी रुपमा भ्रमण गरेर विशेष योगदान पुर्याउँदै आउनुभएको छ । त्यसैगरी चाइचान पनि नमोबुद्ध क्लबका अध्यक्ष हुनुहुन्छ । सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउँदै आउनुभएको उहाँ अन्तर्राष्ट्रिय महिला शान्ति समूहका शान्तिदूतसमेत हुनुुहुन्छ ।
मानवीय सेवा नै शान्तिको आधार भएको चाइचानाले बताउनुभयो । महिला, ज्येष्ठ नागरिक र बालबालिकाका क्षेत्रमा विशेष योगदान पुर्याउँदै आउनुभएका उहाँले आफ्नो जीवनको ऊर्जाशील समयलाई मानवीय सेवामा अर्पण गरिने बताउनुभयो ।पोखरामा उहाँहरुलाई ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पश्चिम नेपालकी निर्देशिका परिणिताले स्वागत गर्नुभएको थियो । उहाँहरुले शान्तिको विकल्प छैन भन्दै मनबाट शान्तिको कामना गरेर सकारात्मक सोच राख्दै अघि बढे हिंसा घट्दै जाने विचार राख्नुभएको थियो ।
November 23, 2018 11:12 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।