देवीदेवता आकृतिको देउती गुफा संरक्षणको लागि ४० लाख बढी सहयोग जुट्यो
काभे्रपलाञ्चोक-मण्डनदेउपुर नगरपालिका– ११ ज्याम्दीमा देवीदेवता आकृतिको देउती गुफाको संरक्षण तथा व्यवस्थापन गर्न रु ४० लाख बढी सहयोग जुटेको छ । गुफाभित्रका आकृति संरक्षण तथा मन्दिरसम्म जाने बाटो बनाउन असोज अन्तिमसाता आयोजित सप्ताह महायज्ञमार्फत उक्त रकम जुटाइएको स्थानीय समाजसेवी गणेशप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार ज्याम्दी डाँडाको पूर्व इन्द्रावती नदीतर्फ २० वर्षअघि स्थानीयवासीले सो गुफा पत्ता लगाएका थिए ।
गुफामा विशेषगरी महादेव शिवपार्वती, गणेश, हात्ती, गाई तथा नागको आकृति देखिएकाले स्थानीयवासीले पूजा गर्दै आएका छन् । पराजुली भन्नुहुन्छ, “गुफामा देवीदेवताको आकृति भएकाले आस्थापूर्वक पूजा गर्दै आइएको छ ।” उहाँका अनुसार सहयोगबाट प्राप्त रकमले गुफाका लागि सडक निर्माण, गुफा प्रवेशस्थलमा बगैँचा तथा पार्क निर्माण गरिनेछ । गुफाको मुख्यद्वारबाट पाँच मिटरको दूरीमा गाईको थुन आकृतिबाट शिवलिङ्गमा दूध जस्तै सेतो थोपा थोपा पानी झरेको देखिन्छ । शिवलिङ्गमा वषौँदेखि पुराना (सिक्का)पैसा पनि चढाइएको पाइन्छ । हाल गुफा नजिकसम्म मोटरबाटो पुग्दा पनि आन्तरिक पर्यटकको चहलपह पनि बढेको छ । करीब १५ मिटर लामो उक्त गुफालाई स्थानीयवासीले ज्याम्दीको गौरव मानी संरक्षणमा जुटेका छन् ।
November 24, 2018 12:02 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :