देवीदेवता आकृतिको देउती गुफा संरक्षणको लागि ४० लाख बढी सहयोग जुट्यो
काभे्रपलाञ्चोक-मण्डनदेउपुर नगरपालिका– ११ ज्याम्दीमा देवीदेवता आकृतिको देउती गुफाको संरक्षण तथा व्यवस्थापन गर्न रु ४० लाख बढी सहयोग जुटेको छ । गुफाभित्रका आकृति संरक्षण तथा मन्दिरसम्म जाने बाटो बनाउन असोज अन्तिमसाता आयोजित सप्ताह महायज्ञमार्फत उक्त रकम जुटाइएको स्थानीय समाजसेवी गणेशप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार ज्याम्दी डाँडाको पूर्व इन्द्रावती नदीतर्फ २० वर्षअघि स्थानीयवासीले सो गुफा पत्ता लगाएका थिए ।
गुफामा विशेषगरी महादेव शिवपार्वती, गणेश, हात्ती, गाई तथा नागको आकृति देखिएकाले स्थानीयवासीले पूजा गर्दै आएका छन् । पराजुली भन्नुहुन्छ, “गुफामा देवीदेवताको आकृति भएकाले आस्थापूर्वक पूजा गर्दै आइएको छ ।” उहाँका अनुसार सहयोगबाट प्राप्त रकमले गुफाका लागि सडक निर्माण, गुफा प्रवेशस्थलमा बगैँचा तथा पार्क निर्माण गरिनेछ । गुफाको मुख्यद्वारबाट पाँच मिटरको दूरीमा गाईको थुन आकृतिबाट शिवलिङ्गमा दूध जस्तै सेतो थोपा थोपा पानी झरेको देखिन्छ । शिवलिङ्गमा वषौँदेखि पुराना (सिक्का)पैसा पनि चढाइएको पाइन्छ । हाल गुफा नजिकसम्म मोटरबाटो पुग्दा पनि आन्तरिक पर्यटकको चहलपह पनि बढेको छ । करीब १५ मिटर लामो उक्त गुफालाई स्थानीयवासीले ज्याम्दीको गौरव मानी संरक्षणमा जुटेका छन् ।
November 24, 2018 12:02 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले