ज्यान बचाउन गाह्रो छ विरानो मुलुक मलेसियामा (भिडियो सहित)
सल्यानमा जन्मिएका चुर्ण पुन मगर, हाल बर्दियामा बसोबास गर्दै अाएकाछन् । रोजगारीको सिलसिलामा प्रवासमा रहेपनि सानै देखि गीत संगीत तथा साहित्य सिर्जना प्रति रुचि राख्ने सच्चा लेखक पनि हुन । साहित्य सिर्जनाका लहरहरु फेसबुक तथा टुइटरका भिट्टहरुमा सजाउदै अाएका पुनले, मगरहरुको पहिलो कृर्ति झोर्ले संयुक्त गजल संग्रहमा अाफ्नो शब्द राख्न सफल भएकाछन्,भने फुट्करमा धेरै कृर्तिहरुमा अाफ्नो शब्द राखिसकेका छन् । साथै गीति लेखनमा पहिलो प्रयास “अाउ है सानू अनलाइन रोधीघर” बाट सुरु भएको यात्रा “पाखै भरि फुलेको प्याउलिको फुल” हुँदै यो पटक “ज्यान बचाउनै गाह्रो छ मलेसियामा” भन्ने गीतको शब्द सिर्जना गरेकाहुन् ।
सुखल भट्टराई र सावित्रा रिमालको संयुक्त प्रस्तुतिमा बजारमा ल्याउनु भएको छ, लाखौं श्रमजीवी नेपाली दाजुभाई बाध्यताले मलेसियामा श्रम बेच्नु पर्ने यो अवस्थामा यहाँ कार्यरत हजारौं श्रमकले भोग्नु परेको सास्ती र चरम श्रम शोषणको उपज, एउटै अावाज बोल्ने “ज्यान बचाउन गाह्राे छ मलेसियामा” कारुणिक गीति संग्रह बजारमा ल्याउनु भएको हो । रोजगारीका लागि सबैको ध्यान केन्द्रित रहेको मलेसिया यतिबेला सबैले छिछि गरिरहेकाछन् । लाखौंको संख्यामा मलेसियामा कार्यरत रहेका दाजुभाइ वर्षेनी सयौंको संख्यामा अकालमा ज्यान गुमाउनु परेको छ, भने कति कुटपिटमा परेकाछन् ।
मोबाइल गायब भएकाछन्, कसैको ज्यान समेत गुमाएका छन् । धेरैको यहीँ कथन छ ज्यान जोगाउन गाह्रो छ मलेसियामा । प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा सर्जक चुर्ण पुन मगर ले सम्पूर्ण परदेशीहरुका पिडालाई शब्दमा समेटेर जनचेतनामूलक सन्देश दिने कोसिस गरेकाछन् । भने गायक सुखल भट्टराई र गायिका सिर्जना हुमगाइको आवाजमा सजिएको यस गीतमा लय सावित्रा रिमालले भरेकाछन् । सहयोगी पात्रहरूमा, गोमा मगर/हिरु अाले मगर/बबिता मोक्तान रहेकाछन् । रमा थपलिया र बुद्धि वीर थापाको अभिनय रहेको छ । निर्देशनमा बबिता श्रेष्ठ छिन् भने छायाङकनमा मुकेश हुमगाइको महत्त्वपूर्ण भुमिका रहेको छ । भिडियो हेर्नुहोस ।
November 27, 2018 1:34 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।