नवीनको उपचारका लागि पृतनापति कडायतले दिए आर्थिक सहयोग
7 years अगाडी
Susma Dhakal
डोटी – गएको बिहीबार दुर्घटनामा घाइते भएका दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका नवीन विकको उपचारका लागि सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतले आर्थिक सहयोग गर्नुभएको छ । घाइते बालक नवीनको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको र उपचारमा आर्थिक अभाव भएको समाचार प्रकाशन/प्रशारण भएपछि पृतनापती तथा उपरथी कडायतले उपचारका लागि दशहजार आर्थिक सहयोग दिनुभएको हो ।
पृतनापति उपरथी कडायतले सुदूरपश्चिम पृतना मुख्यालयमा नवीनकी बृद्ध हजुरआमालाई दश हजार रुपयाँ दिनुभएको स्थानीय टेकबहादुर कामीले बताउनुभयो । बस दुर्घटनामा नवीनकी आमा शशी विकको ज्यान गएको छ । डडेल्धुराको उग्रतारा मन्दिरमा मेला भरेर फर्किदै गरेको बस दुर्घटना हुँदा १८ जनाले अन्यले ज्यान गुमाएका थिए भने २८ घाइते छन् । घाइते बालक नवीनका बुवा गएको ५ वर्षदेखि घर परिवारबाट सम्पर्कविहीन छन् ।
November 30, 2018 11:13 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...