चिया खर्च कटाएर प्रतिमालाई एमबीबीएस पढ्न सहयोग
नेपालगञ्ज – नेपालगञ्जको धम्बोझी क्लबका सदस्यहरुले चिया खर्च कटाएर एमबीबीएस अध्ययनरत विद्यार्थी प्रतिमा शर्मालाई सहयोग गरेका छन् ।
क्लबका अध्यक्ष समेत रहेका युवा व्यवसायी देवेन्द्र खड्का र सल्लाहकार प्रमोद रिजालले बिहीबार बाँकेको खजुरा गाउँपालिका–४, डि गाउँकी शर्मालाई एमबीबीएस अध्ययनका लागि क्लबका तर्फबाट २५ हजार रुपैयाँ सहयोग गर्नुभयो ।
प्रतिमाका बुवा मदनलाई बिहीबार निवासमै पुगेर रकम हस्तान्तरण गर्दै खड्काले प्रतिमाको पढाईलाई निरन्तरता दिनका लागि सहयोग गरिएको बताउनुभयो ।

त्रिभुवन विश्व विद्यालयबाट एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी शर्माको पूर्ण छात्रवृत्ति भएपछि भर्ना शुल्क, पुस्तक, खाने, बस्ने गरी करिब १५ लाख रुपैयाँ खर्च हुने भएपछि खजुराबासीले सहयोग समिति गठन गरी सहयोग संकलन गरिरहेका छन् ।
हालसम्म करिब ६ लाख बढी रुपैयाँ संकलन गरिसकेको सहयोग समितिका संयोजक सुनारले जानकारी दिनुभयो ।
कमजोर आर्थिक अवस्था भएका कारण शर्माको पढाईलाई पूर्णता दिन सहयोग संकलन गरिएको हो । उज्यालो
December 6, 2018 4:04 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।