Saturday 14th February 2026

विख्यात न्यूरो सर्जन डा. देवकोटाको अन्तिम विदाई ( फोटो फिचर)

8 years अगाडी

काठमाडौं – दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाकाे अन्तिम बिदार्इ गरिएकाे छ ।

काठमाडौंको बाँसबारीमा रहेको न्यूरो अस्पताल प्राङ्गणमा राखिएको डाक्टर देवकोटाको पार्थिव शरीरमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

सोमबार साँझ सोही अस्पतालमा उपचारको क्रममा निधन हुनुभएका डाक्टर देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डाक्टर बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुग्नु भएको थियो ।

स्वर्गीय देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको छ । डाक्टर देवकोटाको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो । स्वर्गीय डाक्टर देवकोटाको पार्थिक शरीरलाई  केहीबेरपछि पशुपतिनाथमा विद्युतीय माध्यामबाट शव दाह गरिनेछ । देवकोटा निवास हेपाली हाइटमा पत्नी डाक्टर मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकीरिया गर्नुहुनेछ ।

काजकीरिया ७ दिनमा सम्पन्न हुने अस्पतालले जनाएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डाक्टर देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छा बमोजिम बेलायतबाट नेपाल फर्कनु भएको थियो ।

डाक्टर देवकोटाकै इच्छा अनुसार गएको हप्ता उहाँलाई गोर्खामा रहेको उहाँकै जन्मघरमा लगिएको थियो । स्वास्थ्य मन्त्री समेत भइसक्नु भएका स्वर्गीय डाक्टर देवकोटा प्रख्यात नशारोग विशेषज्ञ हुनुहुन्थ्यो ।

          June 19, 2018 2:56 pm | Uncategorized,टप,समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...