नेपाल आइडलकी अस्मिताको गृह जिल्ला झापामा भब्य स्वागत (हेर्नुहोस् भिडियो) उर्लाबारी।
चर्चित रियालिटी शो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेकी झापाकी अस्मिता अधिकारीलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ। नेपाल आइडलको टप–४ मा पर्न सफल अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन्।
दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएकी अस्मितालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो। अस्मिताको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए। हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनलाई स्वागत गरेका थिए।
झापाको लखनपुर घर भएकी अस्मिताले गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को यात्रा शुभारम्भ गरेकी थिइन् । गृह जिल्लाबाट अनेक कठिनाइ र समस्याहरूसँग लड्दै नेपाल आइडल सिजन २ को टप ४ सम्म आइपुगेकी अस्मिता स्वरकी धनी छिन्।
नेपाल आइडलमा उनको स्वरको जति चर्चा गरिन्छ उत्ति नै लय पनि मिलेको हुन्छ। त्यसैले त उनी नेपाल आइडलका जजको मनपर्ने प्रतिस्पर्धीमा पर्छिन्।
December 10, 2018 1:05 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।