Monday 14th July 2025

नेपाल आइडलकी अस्मिताको गृह जिल्ला झापामा भब्य स्वागत (हेर्नुहोस् भिडियो) उर्लाबारी।

7 years अगाडी

चर्चित रियालिटी शो नेपाल आइडलको सिजन २ को टप ४ मा पुगेकी झापाकी अस्मिता अधिकारीलाई गृह जिल्लामा भव्य स्वागत गरिएको छ। नेपाल आइडलको टप–४ मा पर्न सफल अस्मिता अधिकारी शनिबार गृह जिल्ला झापा आएका हुन्।

दिउँसो १२ बजे भद्रपुर विमानस्थलमा उत्रिएकी अस्मितालाई विमानस्थलमै भव्य स्वागत गरिएको थियो। अस्मिताको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु विमानस्थल पुगेका थिए। हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनलाई स्वागत गरेका थिए।

झापाको लखनपुर घर भएकी अस्मिताले गोल्डेन टिकट पाएर नेपाल आइडल सिजन–२ को यात्रा शुभारम्भ गरेकी थिइन् । गृह जिल्लाबाट अनेक कठिनाइ र समस्याहरूसँग लड्दै नेपाल आइडल सिजन २ को टप ४ सम्म आइपुगेकी अस्मिता स्वरकी धनी छिन्।

नेपाल आइडलमा उनको स्वरको जति चर्चा गरिन्छ उत्ति नै लय पनि मिलेको हुन्छ। त्यसैले त उनी नेपाल आइडलका जजको मनपर्ने प्रतिस्पर्धीमा पर्छिन्।

          December 10, 2018 1:05 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...