अब फेसबुकले परिवर्तन गर्दै छ यस्तो चिज !
सामाजिक सञ्जाल फेसबुक संसारमै सर्वाधिक प्रयोग हुनेगर्छ । यसभित्र व्यापक विकृति बढेको भन्दै चौतर्फी विरोध भइरहेका बेला यसले नीतिगत सुधारका लागि केही परिवर्तन गर्ने भएको छ । बिहीबारदेखि लागू हुनेगरी फेसबुकले केही परिवर्तन गर्न लागेको बिबिसीले जनाएको छ ।हरेक मानिस दैनिक फेसबुकमै अभ्यसस्त भएकाले के परिवर्तन हुन आट्यो भन्ने जिज्ञासा सबैमा हुन्छ । विशेषगरी हातहतियारका विषयमा पोस्ट हुने सामाग्री सम्बन्धी पुरानो नीतिमा परिवर्तन हुन लागेको समाचारमा जनाइएको छ । समाचारमा उल्लेख भए अनुसार फेसबुकले बिहीबारदेखि लागु हुने गरी बन्दुक र बन्दुकसँग जोडिएका हातहतियारका विज्ञापनमा बन्देज लगाउने तयारी गरेको छ ।
फेसबुकले विशेषत यस्ता सामाग्रीले बच्चालाई सिधै असर गर्ने भन्दै यस्तो नीति कार्यान्वयन गर्न लागेको हो । अहिले फेसबुक प्रयोग गरिरहेका जो कोहीले बन्दुकको बारेमा सबै जानकारी विज्ञापनमा देख्न सक्छन् । बिहीबारबाट भने यो सबै बन्द गरिनेछ ।आफ्नो नियमित समीक्ष बैठकले यो निर्णय गरेको फेसबुकले बताए पनि अमेरिकामा विद्यालयमा भएका हिंसामा बन्दुक प्रयोग भएको पाइएपछि फेसबुकले यो निर्णय गरेको समाचारमा जनाइएको छ । फेसबुकले आफ्नो संजालमा हतियार, गोलाबारुद, विस्फोटक र बन्दुक लगायतका हरियारको बारेमा जानकारी दिने सामाग्री पोस्ट गर्न समेत रोक लगाएको छ ।
June 19, 2018 3:28 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :