Saturday 20th December 2025

घरलाई वास्तुदोषबाट मुक्ति दिलाउन यस ठाउँमा राख्नुहोस् गणेशजीको मुर्ति !

7 years अगाडी

यदि घरमा केहि वास्तु दोष छ भने नकारात्मक उर्जा बढ्ने गर्छ। घर चाहे भाडामा लिएको होस् या आफ्नो। वास्तुदोषका कारण घरमा अनेकौ समस्या झेल्नु पर्ने हुन्छ। घरको दोष हटाउनका लागि वास्तुको धेरै मान्यता प्रचलित छ। जान्नुहोस केहि खास टिप्स जसले तपाइको घरलाई नकारात्मक उर्जाबाट बचाउन मद्दत गर्छ। जानी राखौ :

१, घरको मूल ढोका सधै सफा राख्नु पर्छ। मुख्य द्वारमा रातमा पर्याप्त रोशनी चाहिन्छ। यसो गर्नाले घरमा सकारात्मक उर्जा वृद्धि हुन्छ।

२, यदि सम्भव छ भने प्रवेश द्वारमा ढोकाको मुनि काठ राख्नुहोस्। यसले बाहिरको फोहोर भित्र आउन पाउदैन। फोहोरले पनि वास्तु दोष बढाउछ।

३, मूल ढोकाको माथि गणेशजीको मुर्ति वा तस्बिर राख्नुहोस्। यदि तपाईलाई मनपर्छ भने मूल ढोकामा ऊँ लेख्नुहोस्। ढोकामा शुभ चिन्ह बनाउनले घरमा देबी-देवताको कृपा रहिरहन्छ।

४,ढोकाको ठिक अगाडी फुलको तस्बिर लगाउनुहोस्। सूर्यमुखी फुलको फोटो लगाउनु झन् राम्रो हुन्छ।

५,घरमा शान्ति बनाई राख्नु पर्छ। कुनै किसिमको झैँ-झगडाले नकारात्मक उर्जा बढ्छ।

६, घरको वरिपरि यदि सुकेको रुख र भाँचेको रुख छ भने तुरुन्त हटाई हाल्नुपर्छ ,त्यसले पनि वास्तु दोष बढ्छ।

७,समस्याबाट छुटकारा पाउन हरेक दिन चाडै उठ्नु पर्छ र नुहाएपछि सुर्यकी जल चढाउनु पर्छ। यसो गर्नाले स्वास्थ्यको लागि फाइदाजनक हुन्छ।

          December 20, 2018 10:04 am | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...