बाबा म साँझ आउँछु’ भन्दै बाईबाईको हात हल्लाएउदे हिडेका कलिला मुनाहरु यसरी निमोठिए , परिवारमा रुवाबासी !
बाबा म साँझ आउँछु’ भन्दै बाई बाईको हात हल्लाएका दाङ घोराई उपमहानगरपालिका–१४ का राम बहादुर जिएमका छोरा १७ वर्षीय एक मात्र छोरा विरेन्द्र जिएमको त्यो बाई बाईको हात हल्लाई सधैँका लागि अन्तिम बन्न पुग्यो।
आज विहान छोराको शव बुझ्न राप्ती अञ्चल अस्पताको शवगृहमा गहभरी आँशु पार्दै कुरिरहेका बाबु जिएम भन्छन्, ‘हिजो सल्यानको जंगलमा प्राक्टिकल गर्न जाँदैछौं बाबा भन्यो र मोटरसाईकलमा त्यस्तै साढे ६ बजेदेखि ४० मिनेटको बीचमा क्याम्पस नजिकै लगे र छाडेको हुँ, साँझ चाँडै आउँछु बाबा भन्दै थियो ।
अहिले यस्तो देख्नुप¥यो ।’तीन छोरी र एक मात्र छोरा भएको रामबहादुरले आमालाई र दिदी बहिनीहरुलाई सम्हाल्न गाह्रो भएको बताए । ‘हिजो दिउँसो सल्यानबाटै काकालाई फोन गरेर अंकल म अहिले सल्यान आएको छु । साँझ चाँडै नै घर आउँछु है भनेर फोन समेत गरेको रहेछ ।’
मृत्यु हुनेहरुमध्ये शिक्षक र चालक बाहेक अधिकांश १६ देखि २२ बर्ष उमेरका कलिला मुनाहरु थिए । सुन्दर भविश्यका कर्णधार मानिएका तिनै कलिला मुनाहरुलाई नियतिले कहिल्लै नपलाउने गरी निमोठेर लगेको छ । ती सबैले प्रावि धिक शिक्षा अध्यान गरेर चाँडै रोजगारी हाँसिल गरी सुन्दर भविष्य सजाउने सपना साँचेका थिए ।
जुन अधुरै रह्यो ।शुक्रवार बिहान सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयबाट डिप्लोमा फरेष्टीको अब्जरभेसन गर्न हिँडेका ३४ जना विद्यार्थी, दुई जना शिक्षक र दुई जना चालक दल हिँड्ने बेलामा र दुर्घटनाको अघिसम्म निकै हाँसीखुसी गर्दै थिए । भ्रमणका क्रममा गीत गाउने नाच्ने गरेर रमाईलो गरिन्छ ।शव राखिएको स्थान राप्ती अञ्चल अस्पालमा मृतकका आफन्तको रोदन र चित्कारले बाहिरबाट जाने मानिसहरुलाई समेत आँशु थाम्न गाह्रो परिरहेको थियो । ‘हे अलछिने दैव बरु मै बुढोलाई लगेको भए हुन्थ्यो नि, मेरो मुटु मेरो छोरालाई कलिलैमा किन खोसिस भनेर छोराको शवमा टाउको राखेर डाँको छाड्नेहरु थिए ।
मृत्यु भएका शिक्षक नरेश वलीकी श्रीमतीे रुँँदारुँदै बोल्न नसक्ने अवस्थामा पुगेकी छन् । ‘हे.. मेरो.. हजुर.. मलाई निक एक्लै पारेर जानुभयो, यो छोरीले अब बाबा कसलाई भन्ने? उनको यस्तो विलौनाले सारालाई रुवाईरहेको थियो । शिक्षक वलीका दाजु सर्क बहादुर वली घुँडामा टाउको राखेर बुहारीलाई सम्झाउँदै थिए तर आफू नै थामिन सकेनन् । दाजु सर्कबहादुरका अनुसार दाङमै डेरा गरेर उनीहरुले दुई वर्षीया छोरीलाई पढाउँदै आएका थिए । अर्का शिक्षक पदमप्रसाद घिमिरे दाङ जिल्लाभर होनाहर युवाका रुपमा परिचित थिए ।
घिमिरेका आफन्तजन, साथीसंगीको रुवावासीको भीड प्रहरीलाई थेगी साध्य थिएन ।कतिपय विद्यार्थीहरुको भर्खर विवाह भएको थियो भने कतिपय कोर्श सक्न साथ विवाह गर्ने तयारीमा थिए । कतिपयको प्रेमसम्वन्ध पनि धोगीझैँ छिनिएको छ । मृत्यु हुनेमा जुम्लाका मात्रै ११ जना रहेका छन् ।
दाङका ६ जना गरी १९ जना पुरुष र ४ जना महिला छन् । रोजगारीको ग्यारेन्टी सम्झेरै जुम्ला, डोल्पा जस्ता दुर्गम गाउँँका युवायुवतीहरु प्राविधिक शिक्षा पढ्न आएका थिए ।केहि दिनअघि सम्पन्न नेपाल पत्रकार महासंघ दाङको साधर ण सभामा सहिद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरुले प्रभातफेरीमा साथ थिएका थिए ।
शिक्षालयको युनिफर्ममा सजिएका उनीहरु सेना प्रहरीमा तालिम प्राप्त जस्तै अनुशासित र लामबद्ध देखिन्थे । एकदेखि अर्कोसँग मुस्कान साटासाट गरेका थिए । दाङकी पत्रकार रिता लामाले फेसबुकमा आफूले त्यतिबेला खिचेका तस्वीर सार्वजनिक गर्दै लेख्छिन्– ‘दु र्घटनामा को–को पर्नुभयो को पर्नुभएन थाह पाउन सकिन तर मेरो क्यामेराले कैद गरेका यी फोटो । म यहि फोटा हेरिरहेकी छु ’आज बिहानै गृहमन्त्री रामबहादुर थापा (वादल) ले फेसबुकमार्फत गहिरो दुख व्यक्त गर्दै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे का छन् ।
अपरान्ह् राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न दलका नेता तथा मन्त्रीहरुले शोक व्यक्त गरेका छन् उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको पहलमा १२ जना घाईतेहरुलाई हेलिकाप्टर मगाएर काठमाडौं पठाईएको छ । दाङमा एक हप्ताभित्रै तीन सवारी दुर्घटना भएका छन । केहि दिनअघि मात्र जन्ती चढेको स्कारयियो गाडी दुर्घटना हुँदा बाँके सम्शेरगञ्जका बेहुलाका आमाबाबुसहित ६ जनाको ज्यान गएको थियो ।
December 23, 2018 10:51 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :