तपाई को जिवनमा शुभ नै शुभ चाहनुहुन्छ ? त्यसो भए यी कार्य गर्नुहोस !
व्यक्तिलाई आफ्नो आवश्यकता पूरा गर्नका लागि धनको आवश्यकता पर्दछ । धनको कमी हुँदा व्यक्तिले अनेकौं समस्याको सामना गर्नुपर्दछ । कतिपय व्यक्ति अत्यन्तै धेरै मेहनत गर्छन् तर धनको कमी भएर चिन्तित भइरहेका हुन्छन् । यो समस्याबाट मुक्त हुनका लागि आचार्य चाणक्यले केही उपाय सुझाउनुभएको छ ।
चाणक्य भन्नुहुन्छ : मूर्खा यत्र न पूज्यन्ते धान्यं यत्र सुसञ्चितम् । दाम्पत्ये कलहो नास्ति तत्र श्रीः स्वयमागता ।। यो श्लोकमा चाणक्यले बताए अनुसार जहाँ यी निम्नलिखित तीनवटा कुरा हुन्छन् त्यहाँ महालक्ष्मीको कृपा सदैव रहन्छ ।
१. चाणक्यका अनुसार मूर्खलाई भन्दा बुद्धिमानलाई मानसम्मान गरिने घरमा महालक्ष्मीले वास गर्नुहुन्छ ।
२. जुन घरमा अन्नभण्डार छ अनि त्यहाँबाट कुनै पनि व्यक्ति खाली हात फर्किनुपर्दैन र जहाँ अतिथिहरूको आदर सत्कार हुन्छ तथा जहाँ सात्विक भोजन गरिन्छ, त्यहाँ देवी लक्ष्मी स्वयं विराजमान हुनुहुन्छ ।
३. जुन घरमा पति र पत्नी प्रेमपूर्वक बस्छन्, झगडा गर्दैनन्, त्यो घरबाट देवी लक्ष्मी कहिल्यै जानुहुँदैन ।
December 23, 2018 1:39 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी