मनोज गजुरेलकी पूर्वपत्नीले डिभोर्सको वार्षिकोत्सव मनाउने
हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पत्नी मिना ढकालसँग गत वर्ष डिभोर्स गरे । डिभोर्स अगाडिसम्म गुमनाम रहेकी मिना त्यसपछि भने लगातार चर्चामा रहिन् । कहिले गीत गाएर त कहिले तालतालका अन्तरवार्ता दिएर ।
उनै मिनाले श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा मनाउने भएकी छन् । उनले भोली आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरेको बताइन् ।
‘हो मैले आफ्ना निकट शुभचिन्तकहरु तथा मिडियाकर्मीहरुलाई बोलाएर सानो जमघट र चियापान आयोजना गरेकी छु,’ उनले भनिन् । फेसबुकमा उनले आफू ‘स्वतन्त्र भएको एक वर्ष पुगेको उपलक्ष्यमा’ चियापानमा आउन शुभचिन्तकलाई निम्तो गरेकी छन् ।
डिभोर्सपछिको एक वर्ष कस्तो बित्यो त भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भनिन्, ‘भोली चियापानमा आउनुस, त्यहीँ भन्छु है ।’
मनोज र मिना आपसी सहमतिमा सौहार्दपूर्वक छुट्टिएका थिए । उनीहरुका दुई छोराछोरी छन् । छोरा मनोजसँग र छोरी मिनासँग बस्छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् । उनी फिल्म बनाउने योजनामा पनि छिन् ।अनलाईन खबर
December 25, 2018 5:16 pm | संगीत,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।