दुई छोरालाई विष खुवाएर आमा आफैंले खाइन् विष, कान्छाे छाेराकाे ज्यान गयाे
धनुषा । धनुषामा घरायसी विवादको कारण एउटी महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् ।
विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षका रितिक र आमा रिना गम्भीर घाइते छन् ।आमालाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरको आईसीयूमा भर्ना गरिको छ भने जेठो छोरा रितिकलाई जनकपुर अञ्चल अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कान्छो छोरा रितेशको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।स्थानीयका अनुुसार सोमबार राति घरमा सासुसँग घरायसी विवाद भएपछि मंगलबार बिहान रिना दुई छोरालाई लिएर घरबाट निस्केकी थिइन् । घरपरिवार र स्थानीयले खोजी गरिरहेकाे बेला रिना छोराहरुसहित विष सेवन गरेको अवस्थामा मंगलबार दिउँसो करिब ३ बजे जनकपुरको कभर्डहल नजिक फेला परेकी थिइन् ।
आमाले जबर्जस्ती विष खुवाएका कारण कान्छो छोरा सिकिस्त भएका थिए भने जेठो छोरा रितिक विष सेवनको कारण सडकमा लडबडाई हिँडिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।
त्यसपछि खोजी गर्दा रितिकले आफ्नी आमाले आफैं विष खाएर भाई र आफूलाईसमेत खुवाएको बताएका थिए । तीनै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा कान्छो छोरा रितेशको बाटोमै ज्यान गएको थियो । रिनालाई अझै पनि होस आएको छैन । तर जेठो छोरा रितिकको अवस्थामा सुधार आएको चिकित्सकहरुले बताएका छन् ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
December 26, 2018 1:04 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :