दुई छोरालाई विष खुवाएर आमा आफैंले खाइन् विष, कान्छाे छाेराकाे ज्यान गयाे
धनुषा । धनुषामा घरायसी विवादको कारण एउटी महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् ।
विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षका रितिक र आमा रिना गम्भीर घाइते छन् ।आमालाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरको आईसीयूमा भर्ना गरिको छ भने जेठो छोरा रितिकलाई जनकपुर अञ्चल अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कान्छो छोरा रितेशको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।स्थानीयका अनुुसार सोमबार राति घरमा सासुसँग घरायसी विवाद भएपछि मंगलबार बिहान रिना दुई छोरालाई लिएर घरबाट निस्केकी थिइन् । घरपरिवार र स्थानीयले खोजी गरिरहेकाे बेला रिना छोराहरुसहित विष सेवन गरेको अवस्थामा मंगलबार दिउँसो करिब ३ बजे जनकपुरको कभर्डहल नजिक फेला परेकी थिइन् ।
आमाले जबर्जस्ती विष खुवाएका कारण कान्छो छोरा सिकिस्त भएका थिए भने जेठो छोरा रितिक विष सेवनको कारण सडकमा लडबडाई हिँडिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।
त्यसपछि खोजी गर्दा रितिकले आफ्नी आमाले आफैं विष खाएर भाई र आफूलाईसमेत खुवाएको बताएका थिए । तीनै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा कान्छो छोरा रितेशको बाटोमै ज्यान गएको थियो । रिनालाई अझै पनि होस आएको छैन । तर जेठो छोरा रितिकको अवस्थामा सुधार आएको चिकित्सकहरुले बताएका छन् ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
December 26, 2018 1:04 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।