रवि ओडलाई जन्मदिने आमा बिर्साउने विष्ना रहिनन्
कैलाली : नेपाल आइडल दोस्रो सिजनको उपाधि जितेर घर फर्किँदै गर्दा कञ्चनपुर कृष्णनगरस्थित घरमा आमा विष्नासहित गाउँका सानीआमा ठूलीआमाहरू रवि ओडलाई स्वागत गर्न घरबाहिर लहरै उभिएका थिए।
घर पुगेका आमाहरूको फूलमाला र अबिर ग्रहण गरेपछि उनले विष्नालाई देखाउँदै भनेका थिए- ‘उहाँ चाहिँ मेरो मम्मी।’
रविकी आमा विष्ना हर्षका आसु झारिरहेकी थिइन्। ‘जन्मदिने मम्मी अहिले हुनुहुन्न। उहाँले यति माया दिनुभयो, साथ दिनुभयो, सपोर्ट दिनुभयो कि मलाई अर्को ममीको पनि त्यति याद आउन्न’, यसो भनेर आमालाई अँगालो हाल्दा विष्नाका आँखाबाट खुसीका आसु झरेका थिए।
चरम गरिबीबाट मुक्तिका लागि उनका बाबु रोजगारीका क्रममा भारतमा छन्। रवि बाबुलाई उस्तै सम्झिरहेका थिए। ‘बुबालाई धन्यवाद दिन चाहन्छु। उहाँलाई केही थाहा छैन। भोट हाल्ने कसरी थाहा छैन तर भोट माग्दै हिँड्नुभएको छ’, रवि पनि आफ्ना पीडादायी दिन सम्झेर भक्कानिएका थिए। ‘बुबा चाहिँ अहिले इन्डियामा हुनुहुन्छ। बुबा भइदिएको भए धेरै खुसी हुन्थेँ होला’, रवि भन्दै थिए।
नेपालको पश्चिमी सीमामा अवस्थति कन्चनपुरको कृष्णपुर नगरपालिकास्थित टाउको निहुराएर छिर्न पनि मुस्किल पर्ने एउटा सानो टायलको झुपडीमा जन्मिएका थिए ।
वि.सं. २०५४ साल चैतमा टायलको त्यही सानो झुपडीमा जन्मिएका रवि बुवा राजेन्द्र र आमा उमा ओडका तेस्रो सन्तान हुन्। रवि ८ वर्षको हुँदा उनकी आमा उमाको निधन भएको थियो । रविको बाल्यकाल निकै संघर्षपूर्ण थियो। उनी २०७० सालको संविधानसभा निर्वाचनमा म्यादी प्रहरी भएका थिए ।
परिवार पाल्न र आफ्नो दैनिक खर्चका लागि उनी २०७० सालको संविधान सभा निर्वाचनमा म्यादी प्रहरी पनि बनेका थिए । उनले म्यादी प्रहरी बनेर राष्ट्रको सेवा त गरे नै त्यससँगै केही आम्दानी पनि गरे जसले उनको जीवन चलाउन केही समय सहज भयो । धनगढी अडिसनबाट छानिएका रवि अन्नत दोस्रो नेपाल आइडल बन्न सफल भए ।
नेपाल आइडल बनेर पहिलो पटक आमालाई भेटेदा यसरी भक्कानिएका थिए रवि (भिडियो)
December 26, 2018 1:34 pm | समाचार,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :