झापा दमकमा दुई घर आगलागी रु १० लाख बराबरको सामान क्षति
7 years अगाडी
Susma Dhakal
दमक । झापा दमक नगरपालिका–३मा गए राति विद्युत् चुहिएर दुई घरमा आगलागी भएको छ भने, करीब रु १० लाख बराबरको सामान क्षति भएको छ ।
स्थानीय विष्णु चिमरियाको घर गोठ र सँगै जोडिएका छिमेकी श्रीप्रसाद भण्डारीको भान्साघर र गोठमा गए राति ७ बजेतिर आगलागी भएर अन्नपात, धानको कुन्यु जल्दा करीब रु १० लाख बराबरको सामान क्षति भएको प्रहरीको प्रारिम्भक अनुमान छ ।
आगलागीबाट घरभित्र रहेका दुई परिवारको १०० मुरी मकै, १२० मन धान र दुई परालको माचसमेत नष्ट हुनाका साथै गोडमा रहेका पाँच बाख्रासमेत जलेर मरेको अस्थायी प्रहरी बाघखोर पोष्टले जानकारी जनाएको छ ।
घरबाट पम्पसेटमा जडान गरेको बिजुलीको तारमा अचानक आगो लागेपछि नजिकै रहेको परालको माचमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...