झापा दमकमा दुई घर आगलागी रु १० लाख बराबरको सामान क्षति
7 years अगाडी
Susma Dhakal
दमक । झापा दमक नगरपालिका–३मा गए राति विद्युत् चुहिएर दुई घरमा आगलागी भएको छ भने, करीब रु १० लाख बराबरको सामान क्षति भएको छ ।
स्थानीय विष्णु चिमरियाको घर गोठ र सँगै जोडिएका छिमेकी श्रीप्रसाद भण्डारीको भान्साघर र गोठमा गए राति ७ बजेतिर आगलागी भएर अन्नपात, धानको कुन्यु जल्दा करीब रु १० लाख बराबरको सामान क्षति भएको प्रहरीको प्रारिम्भक अनुमान छ ।
आगलागीबाट घरभित्र रहेका दुई परिवारको १०० मुरी मकै, १२० मन धान र दुई परालको माचसमेत नष्ट हुनाका साथै गोडमा रहेका पाँच बाख्रासमेत जलेर मरेको अस्थायी प्रहरी बाघखोर पोष्टले जानकारी जनाएको छ ।
घरबाट पम्पसेटमा जडान गरेको बिजुलीको तारमा अचानक आगो लागेपछि नजिकै रहेको परालको माचमा आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
Loading...