बिश्वभरिका पर्वतेलीहरुको भेला युएईमा हुँदै
युएई , पुष १२ । “आजको आबश्यकता ,प्रबासी पर्बतेलीहरुको एकता र समुन्नत समाज ,समृद्ध पर्बत निर्माण हाम्रो अभियान “ सहित अन्तराष्ट्रिय पर्बत समाजको आयोजनामा २८ फेब्रुअरी २०१९ र १ मार्च २०१९ तारिखमा युएईमा विश्वभरी छरिएर रहेका पर्वत बासिहरुको बृहत भेला हुने भएको छ ।
समाजको आगामी सेप्टेम्वर अक्टोवरमा नेपालमा हुने अधिबेशनको पूर्व तयारि , अहिले सम्म गरिएका कार्यहरुको समिक्षा , खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको समस्या र त्यसका समाधानको खोजी , पर्वत जिल्लामा रोजगारी अभिबृद्धिका लागि लगानी र त्यसका लागी अबसर चुनौती र लगानीका क्षेत्रहरु लगायत बिबिध बिषयमा छलफल गरिने अन्तर्रा्ष्ट्रिय पर्वत समाजका सचिव मणि प्रसाद भुर्तेलले जानकारी दिनुभयो ।उक्त कार्यक्रम २ दिन सम्म चल्ने छ ।
अन्तराष्ट्रिय पर्वत समाजको बृहत बैठक गत साल डिसेम्वरमा वेल्जियममा , अक्टुबर २७ का दिन नेपाल (कुस्मा ) र २८ फेब्रुअरी २०१९ देखि १ मार्च २०१९ युएईमा गरि ५ औ पटक बस्ने छ । यस बृहत भेलाको संयोजन पर्वत सेवा समाज युएईले गर्नेछ भने संसारभर छरिएर रहेका पर्वतेलीहरुको कुम्भमेला हुने बिश्वास आयोजकले लिएको छ ।
भेलामा नेपाल देखि राष्ट्रिय ख्याती प्राप्त कलाकार बिमल राज क्षेत्रि सहित युएईलाई कर्मथलो बनाउनु भएका कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाइएको छ । बिबिध सास्कृतिक कार्यक्रम सहित सम्पन्न हुने भेलामा युएईमा क्रियाशील सम्पूर्ण सस्था प्रमुखहरुलाइ उपस्थितिको लागि निमन्त्रणा गर्नुका साथैे युएईमा कर्म थलो बनाइ रहनु भएका पर्बतबासी ,गैर पर्बत बासि नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले आग्रह समेत गरेको छ ।
युरोप ,अमेरिका ,जापान ,मध्य पूर्वका देशबाट पर्बत समाज एबं एन आर एन का प्रभुत्व व्यक्तिहरुको उपस्थिति रहने यस्तो भेलालाई अर्थपुर्ण रुपमा हेर्ने गरिएको आयोजकको भनाई छ ।
December 27, 2018 3:07 pm | प्रवास,समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।