Sunday 21st December 2025

पशुपतिमा जापानिज गुरुको सन्देश– विश्व एक धर्ममा चल्छ

7 years अगाडी

काठमाडौं, १५ पुस । विश्व शान्तिका लागि जापानिज गुरुले पशुपति नाथमा पुजा गरेका छन् । गुरु मञ्जु सत्यले एक धर्मले नै विश्व चलिरहेको मात्र होइन, सबै धर्म नेपाल र भारतबाटै विस्तार भएको पनि सन्देश दिएका छन् ।

नेपाल, भारतलगायत विश्वका अन्य देशमा पनि उनले शान्तिका लागि पुजा अर्चना गर्दै आएका छन् । जापानमा विस्तार भएको बौद्ध धर्मको थलो नेपाल नै भएको बताएका उनले अन्य धर्म सम्प्रदाय पनि हिन्दुबाटै विस्तार भएको बताए ।

सुख, शान्तिको कामना गर्दै उनले केही दिन अघि विश्व सम्पदा सूचीमा सूचीकृत विश्व प्रख्यात तथा पवित्र धार्मिक स्थल पशुपतिनाथमा हिन्दू परम्परा अनुसार पुजा गरेका थिए । ‘सबै धर्म एकै हुन् । राम्रा कुरा ग्रहण गर्नुपर्छ । तर, त्यसलाई सद्भाव विगार्ने हिसाबले प्रस्तुत गर्न हुँदैन’, उनले भने ।

भगवानप्रतिको आस्थामा नेपाल धनी रहेको बताउँदै उनले त्यसलाई मास्न र विग्रन दिन नहुने पनि बताए । नेपालमा धर्म परिवर्त गर्ने होडबाजी जस्तै चलेको भन्दै उनले त्यो गलत भएको उनको भनाई छ ।

          December 30, 2018 4:09 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...