बैतडीमा सामाजिक चेतना बढ्दाे: छोरीले दिइन् मृतक बाबुलाई दागबत्ती
7 years अगाडी
Susma Dhakal
बैतडी । बैतडीको सबैभन्दा दुर्गम सिगास गाउँपालिकाकी एक महिलाले आफ्ना बाबुकाे मृत्यु हुदाँ आफैले दागबत्ती दिएकी छिन् । बैतडीको सिगास गाँउपालिका वडा नं–७, ओखडानका ७२ वर्षीय रघुवीर ऐरको मृत्यु हुँदा उनकी छोरी बेलमतीले मलामी गएरै बुवालाई दागबत्ती दिएकी हुन् । मृतक ऐर गाँउका मुखिया समेत रहेका हुनुहुन्थ्यो ।
महिलाले शवलाई छुनै नहुने सामाजिक परम्परा भए पनि बेलमतीले भने आफ्ना दाजुभाई कोही नभएकाले आफू नै सन्तानको रुपमा हुँदा मृतक बाबुलाई दागबत्ती दिएको बताइन् ।
मलामी गएका अन्य गाउँलेहरुले पनि मृतककी छोरीले दागबत्ती दिने इच्छा देखाउँदा उनको इच्छालाई नकार्न नसकेको स्थानीय वीरेन्द्र ऐरले बताउनुभयो । मृतक ऐरकी छोर ५घण्टा पैदल हिँडेर सिगास गाँउपालिकाको वडा नं–६ मौरिबगरमा रहेको सेती नदीको किनारमा बाबुको अन्तिम संस्कारमा सहभागी भएकी हुन् ।
December 30, 2018 4:45 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...