उपचारखर्च अभावमा हातखुट्टा बाँधेर दाम्लोमा
धादिङ : उपचार खर्च अभाव भएपछि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा मानसिक सन्तुलन गुमाएकी एक महिलालाई हातखुट्टा बाँधेर राख्ने गरिएको छ। नवलपरासी बाघखोर घर भएका ३३ वर्षकी सुनिता बोटेको विगत २ वर्षअघिदेखि मानसिक समस्या देखिएपछि हातखुट्टा बाँधेर राख्ने गरिएको परिवारले जनाएको छ।
दुई वर्षअघिदेखि छारेरोग देखा परेको र बेला बेलामा मानसिक सुन्तलन गमाउने गरेको सुनिताका श्रीमान् छनबहादुर बोटेले जानकारी दिए। दिनभर धादिङकै एक स्थानीय मोटर ग्यारेजमा मिस्त्रीको काम गर्ने छनबहादुरले श्रीमतीलाई पनि मोटर ग्यारेजमै लगेर बाँधेर राख्ने र आफू काममा लाग्ने गरेका छन्।
सामान्य उपचार र चेकजाँच गराएको भए पनि थप उपचार खर्चको अभावमा श्रीमतीलाई बाँधेर राख्ने गरिएको छनबहादुरले बताए। ‘आफू विहानैदेखि मजुदरी काम गर्नुपर्छ, श्रीमती बाहिर जथाभावी हिँड्ने, मलाई पनि अरुलाई ढुंगाले हान्ने भएपछि बाँधेर राख्नुपरको हो’, सुनिताका श्रीमान् छनबहादुरले भने, ‘छोरीहरू सानै छन्, एक जना हेर्ने मान्छे उसको लागि चाहिन्छ, अर्को कोही छैन उसलाइ हेर्ने, अनि नबाँधीकन कुनै उपाय नै भएन।’
बेला बेलामा सुरको कुरा गर्ने गरेको भएपनि अधिकांश समय बेसुरको कुरा गर्ने, जथाभावी हिँड्ने, मनलाग्दी बोल्ने गरेकाले हातखुट्टा बाँधेर राख्न बाध्य भएको छनबहादुरले दुःखेसो पोखे। खाना खाने बेला र सुरको कुरा गरेको बेलामा हातखुट्टा खोलिदिने गरेको छनबहादुरले बताए।
‘नबाँधीकन राख्ने हो भने खाना समेत नखाई जता मन लाग्यो त्यतै हिँड्ने गर्छिन्’, गम्भीर हुँदै छनबहादुरले भने, ‘यसैगरी सधैभरि बाँधेर राख्न मन त कहाँ छ र ? उपचार गर्न लैजाउँ कहाँ लैजाउ ? खर्च छैन, कमाएको ज्याला बालबच्चाको खानपानमै खर्च हुन्छ।’
श्रीमतीको उपचार गर्ने सहयोगी भेटिए काम छाडेर भनेपनि उपचार गराउने उनले बताए। २ वर्षअघिसम्म सुनिता पनि ज्यालादारी काम गर्ने भए पनि छारेरोगका कारण बेला बेलामा ढल्ने गरेकी थिइन्।
मानसिक सन्तुलन समेत गमाएपछि उनलाई हातखुट्टा नै बाँधेर राख्ने गरिएको हो। खुल्ला छोडिदिएको बेलामा जथाभावी कुदेर लड्दा सुनिताको आँखा र टाउकोमा गम्भीर चोट समेत लागेको छ। सुनिताका श्रीमान् छनबहादुरले भने, ‘टाउकोको सीटी स्क्यान गर्नु भनेका छन् तर मैले कहाँ लगेर उपचार गराउनु ?’ लडेर चोट लाग्दा आँखाको डिलमा सुन्निएर पुरै निलो भएको छ भने रगत समेत जमेको छ।
दिनभर आफूले काम गर्ने ग्यारेजमै राख्ने र राति साहुकै घरमा कोठा लिएकाले घरमा पनि बाँधेर राख्ने गरेको छनबहादुरले बताए।
छन् बहादुरले काम गर्ने ग्यारेजका साहु मानबहादुर मगरले भने, ‘काम गरेर खाने मिस्त्री। श्रीमती यो विजोग छ, दुःख देखेर आफ्नै घरमा एउटा कोठा दिएको छु।’ मगर परिवार र बोटे परिवार खाना सँगै खान्छन्।
राति सुत्ने बेलामा धेरै होहल्ला गर्न थालेपछि उनको मुखसमेत बाँधिदिने गरिएको छ। छनबहादुर र सुनिताका तीन छोरीहरू छन्। १३ वर्षकी जेठी छोरीलाई एउटा संस्थाले पढाइदिए पनि विद्यालय जाने उमेर भइसकेका अन्य दुई छोरी खर्च अभावमै स्कुल जान पाएका छैनन्।अन्नपूर्ण पोष्ट बाट साभार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।