Friday 22nd August 2025

के तपाई कन्डम प्रयोग गर्नु हुन्छ ? थाहाँ पाउनुहोस् यसका बेफाईदा

7 years अगाडी

सुरक्षित यौन सम्पर्कको लागी कन्डमको प्रयोग बढी हुन्छ । कन्डमले अनावश्यक गर्भ रहन नदिने भएकाले पनि जोडीहरु कन्डम प्रयोग गर्न रुचाउने गर्छन् । तर धेरै कन्डम प्रयोग गर्नु पनि स्वास्थ्यको लागी निकै हानिकारक हुन्छ । केही अनुसन्धानकर्ताहरुका अनुसार कन्डममा केही अप्रत्यक्ष असर पुर्याउने तत्व भएकाले यसको धेरै प्रयोगले स्वास्थ्यका लागि धेरै ठुलो खतरा पैदा हुनसक्छ । धेरै कन्डमहरु रबरको वृक्षबाट निसकने लेटेक्स नामक तत्वबाट बनेका हुन्छन् ।

दी अमेरिकन एकेडमी अफ एलर्जी अस्थमा एन्ड म्यूनोलोजीका अनुसार रबरमा प्रोटिन भएका कारण केही व्यक्तिहरुमा एलर्जीका लक्षण देखिएको छ । त्यसैले चिकित्सकहरुले भरपर्दो कन्डमको प्रयोग गर्न सुझाव पनि दिएका छन् । कन्डमले एचआइभी र यौन संक्रमणबाट बचाउनको लागी ठुलो भूमिका खेल्छ । तर पनि यसले बाहिरी छालालाई पूर्ण रुपमा सुरक्षित राख्न सक्दैन । जसले चिलाउने र असर गर्ने खतरा कायमै रहन्छ ।

एक अध्ययनका अनुसार कन्डमको सहि प्रयोगले ९८ प्रतिशत सुरक्षा प्राप्त हुन्छ । तर गलत प्रयोग हुन गएमा १ सय जना महिला मध्ये १५ जना महिलामा गर्भ रहने जोखिम कायम रहनसक्छ । म्याद गुज्रिएका कन्डमको प्रयोग गल्तीले पनि नगर्न चिकित्सकहरुले सुझाएका छन् । कन्डममा पाउडर र लुब्रिकेन्टको प्रयोग गरिएको हुन्छ जसले गर्दा महिलामा गम्भिर असर पु¥याउने खतरा हुनसक्छ । अमेरिकी चिकित्सकहरुका अनुसार कन्डममा प्रयोग गरिएको पाउडरले क्यान्सर र बाँझोपनको खतरा समेत हुन्छ ।

          January 3, 2019 12:18 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...