बोक्सी भगाउने भन्दै महिलालाई तातो फलामले डाम्ने युवक पक्राउ
रामेछाप – पेटको रोगको समस्या भएकी एक महिलालाई बोक्सीले दुःख दिएको भन्दै महिलाको शरीरमा तातो फलामले डाम्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।बोक्सीले दुःख दिएको भन्दै लिखु तामाकोशी गाउँपालिका वडा नम्बर १, दुरागाउँकी २६ व सरिता दर्जीको शरिरमा भएको बोक्सी निकालेर फाल्ने भन्दै तातो फमामले गालामा डाम्ने ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका वडा नं २, रगनीका ३५ वर्षीय रविन्द्र नेवार प्रहरीको फन्दामा परेका हुन् । केही महिनादेखि पेटको रोगले ग्रसित सरिता गाउँकै स्वास्थ्य संस्थामा उपचार गरे पनि ठिक नभएपछि थप उपचारको लागि काठमाडौंको सुविधासम्पन्न अस्पतालमा उपचार गराउने भन्दै जानुभएको थियो । उपचारको लागि काठमाडौं पुगेकी सरिता उहाँकै नन्देभाई रविन्द्रको कोठामा बास बस्न पुगेकी थिइन ।
उनले आफूलाई केही महिनादेखि पेटको समस्याले ग्रसित बनाएको र उपचारको लागि अस्पताल आएको भनेपछि यो रोग लागु हुन सक्ने र गाउँमै धामी बसेर ठिक पारिदिन्छु भन्दै उनले सरितालाई काठमाडौंबाट सँगै गाउँमा लिएर आएका थिए । गाउँमा आइपुगेका उनीहरुले गएको जेठ २४ गते घरमै धामी बस्दा सरितालाई कुनै रोग शरीरमा नभएको तर बोक्सीले दुःख दिएकाले शरीरबाट बोक्सी भगाइदिने भन्दै सिस्नो पानीले हान्ने र तातो फलामले दाहिने गालामा डामेपछि सरिता बेहोश हुनुभएको थियो। बिरामी बेहोस भएपछि धामी रविन्द्र काठमाडौंतर्फ भागेका थिए ।
बोक्सी भगाउने भन्दै सिस्नो पानी र तातो फलामले डामेपछि सहन नसकेर असह्य भएकी सरिताले धामी बसेर रोग ठिक पारिदिने भन्दै आफूलाई थप पीडा दिएको भन्दै मगंलबार जिल्ला प्रहरी कार्यालयमा बोक्सी ऐन २०७२ अनुसार उजुरी दर्ता गराउनुभएको थियो । प्रहरीले घटनामा सहयोगी भूमिका खेलेको भन्दै स्थानीय दीपक दर्जी, राजन पौडेल र गोहित सार्कीलाई पक्राउ गरी बोक्सी मुद्धामा अदालतवाट म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान गरिरहेको पनि प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
June 21, 2018 4:37 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।