Sunday 21st December 2025

आमाको किरीया गर्ने श्रीमतीलाई श्रीमानको साथ

7 years अगाडी

काठमाडौँ, २० पुस । ९० बर्षकी आमा बितेपछि एक छोरी अहिले एक्लै आमाको किरियामा बस्नु भएको छ । भक्तपुरको गठ्ठाघरमा आमाको किरिया बस्नु भएकी सविना फुयाल केसीको अहिले सबैले प्रसंसा गरेका छन । उहांको उक्त कामलाई भेट्न जाने सबैले नमुना काम भएको भन्दै उहांलाई सानत्वना दिएका छन ।

सैनिक अस्पतालबाट सेवानिवृत्त हुनुभएकी पूर्व नर्स सबिना फुँयाल केसी यतिखेर आफ्नी दिवंगत आमाको काज किरीयामा सेतो पहिरन लगाएर कोरामा बस्नुभएको छ । उहाँकी आमा विष्णुकुमारी फुँयालको पुस १३ गते निधन भएको थियो ।

घ्याङ्ग सुकाठोकर दोलखाकी विष्णुकुमारी विगत लामो समयदेखि गठ्ठाघरस्थित आफ्नी साँहिली छोरी सबिनाको घरमा बस्दै आउनु भएको थियो । सविनाका ३ जना दिदी बहिनीहरु पनि छन् तर किरीयामा सविना एक्लै बस्नुभएको छ ।

वीरेन्द्र सैनिक अस्पतालमा लामो समय काम गरी ९ वर्षअघि सेवा निवृत्त हुनु भएकी छोरी सबिनाले आफुलाई जन्म र कर्म दिने आमालाई बाँचुञ्जेल रेखदेख गर्दै आउनुभएको थियो । अन्तत सन्तान हुनुको कर्तव्य निर्वाह उहांले गर्नुभएको छ ।

          January 4, 2019 2:04 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...