रवि लामिछानेको बिषयमा दीपकराज गिरीले फेसबुकमै लेखे यस्तो स्टाटस
चर्चित सञ्चारकर्मी रवि लामिछानेले र उनकी पूर्वपत्नि ईशा लामिछानेको विषयमा सामाजिक सञ्जालमा वहस चल्न थालेपछि कलाकार दीपकराज गिरीले रवि लामिछानेको पक्षमा उभिएका छन् ।
दिपकराज गिरीले शुक्रबार एक स्टाट्स लेखेका छन् । भगवान बुद्धको सम्झना गर्दै दीपक लेख्छन् ” भगवान बुद्द ले पनि घरकी श्रीमती छोडे ,बच्चा पनि छोडे अब त्यसमा अल्मलिएर बस्ने कि बुद्दले दिएको ज्ञान , उनले समाजलाइ दिएको योगदानको कदर गर्ने?”उनको यो स्टाटसमा मिश्रित प्रतिक्रिया आइरहेको छ ।
उनको स्टाटस शेयर गर्दै रुक्मागत शर्मा पौडेल लेख्छन् : “सबैले बुद्धले जस्तो घरकी श्रीमती छोडने? बुद्धले त घरकी छोडे तर परकी अपनाएनन्। हामीले त बुद्धको नाममा घरकी छोडेर पर परकी अपनाउदै गएका छौ। बुद्धसंग हामीलाई दाज्न मिल्छ? ”
हाम्रो प्रतिक्रिया : कसैलाइ देवत्वकरण नगरौं । पारिवारिक जिवन यापन गर्दा गल्ति दुवैतर्फबाट भएका होलान् । रवि लामिछाने १०० % सहि र इशा लामिछाने १००% गलत कदापी हुन सक्दैनन् ।
कमिकमजोरी दुवैतर्फबाट भएका छन् । उनीहरुले यसलाई कानुनी रुपमै टुङ्गाइसकेका छन् । कानुनी रुपमै अलग्गै भैसकेपछि पूर्वपत्नीले विगतका कुरा कोट्याउनु हुँदैनथ्यो त्यो उनको अहिलेको कमजोरी देखियो । मिडियामा आउनको लागि मेनुका पौडेलको सिको नै गरेकी हुन् भने त हाम्रो भन्नु केही छैन ।
रवि लामिछानेले पनि म नेपालमै बसेर अमेरिकामा भएका सम्पूर्ण परिवारको व्यवस्थापन गरिरहेको छु भन्नु आफैमा अव्यवहारिक कुरा हो । एउटा टेलिभिजन कार्यक्रम चलाउने मान्छेले नेपालमा पाएको तलबले अमेरिकामा बसेका पूर्वश्रीमति र २ जना छोरीको लालनपालन गर्न पक्कै पनि सकिदैन । त्यो अव्यवहारिक कुरा हो ।
January 5, 2019 11:07 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।