२८ वर्षीया ललिताले जन्माईन् शरीर जोडिएका जुम्ल्याहा बालिका
सुर्खेत । कालिकोटको राष्कोट नगरपालिका–५ स्यूनाकी ललिता बुढाले शरीर जोडिएका दुई बालिकालाई जन्म दिएकी छन्। सुर्खेत स्थित प्रदेश अस्पतालमा आइतबार अप्रेशन गरेर शरीर जोडिएका दुई बालिकालाई निकालिएको थियो।
दुई बालिकाको तौल तीन किलो छ सय ग्राम छ। बालिका र आमा स्वस्थ छन्। शरीर जोडिएका बालिकालाई एनआइसियुमा राखेर उपचार भइरहेको छ ।
बालरोग विशेषज्ञ डा. नवराज केसीका अनुसार बालिकाको छाती र पेटको माथिल्लो भाग जोडिएको छ। ‘भिडियो एक्सरेपछि मात्रै कलेजो र मुटु जोडिएको छ/छैन भन्ने बारेमा जानकारी हुन्छ’ उनले भने, ‘बाहिरबाट हेर्दा छाती र पेटको माथिल्लो भाग जोडिएको छ।’
कालिकोट जिल्ला अस्पतालले रेफर गरेपछि बिर्खबहादुरले श्रीमती ललितालाई आइतबार प्रदेश अस्पतालमा पुर्याएका थिए। अस्पतालमा भर्ना भएलगत्तै डा. राजीव शाह नेतृत्वको टोलीले अप्रेशन गरेको थियो।
बाल रोग विशेषज्ञ डा. केसीका अनुसार छाती र पेटको माग जोडिएको यस्तो घटना अस्पतालमा पहिलो हो। मेडिकलको भाषामा यस्तो समस्यालाई थोराको उल्फालो पेगस भनिन्छ। २८ वर्षीया ललिताले यसअघि नै दुई छोरीलाई जन्म दिइसकेकी छन्।
January 5, 2019 11:34 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।