बलात्कारवाट जोगाउने यस्तो मेशिन कसैले पछ्याए, छोए र जबरजस्ती गर्न खोजे सिधै प्रहरीलाई म्यासेज जान्छ
काठमाडौंको एउटा कलेजमा ११ कक्षामा पढ्ने किशोरले बलात्कारवाट जोगाउने मेसिन बनाएका छन् । मुलुकभर अहिले महिला हिंसा र बलात्कारका घटना बढिरहेका बेलामा सेन्ट जेवियर्स कलेजमा कक्षा ११ मा पढ्ने अर्जुन विकले त्यस्तो मेशिन बनाएका छन् ।
विज्ञान र प्रविधिमा रुचि राख्ने अर्जुनले बनाएको यो मेसिन हेर्नेहरुको भिड लागेको छ ।काठमाडौंमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा राखेको सो मेसिन अहिले सबैको आकर्षण बनेको छ । अर्जुनले सो मेसिनलाई एन्टी रेप मेसिन राखेका छन् । सामान्य स्रोत साधनमा रहेर मेसिन बनाएको उनी बताउँछन्।
उनले बनाएको एन्टी रेप मेसिन पेटीमा लगाउन सकिन्छ। त्यो पेटिले मानिसले पछ्याएको, छोएको र जबरजस्ती गर्न खोजेको सबै कुरा बताइदिन्छ । मेसिनमा सेन्सर, करेन्ट र एसएमएस सुविधा राखिएका कारण कसैले फलो गरे देखि नै म्यासेज दिन सुरु
गर्छ । कसैले फलो गरेको खण्डमा पनि यो मेसिनले जानकारी दिने प्रविधि उनले यसमा विकास गरेका छन्। जवर्जस्ती पेटी खोल्न खोजे करेन्ट लाग्ने र कसैले रवडको पन्जा लगाएर जवर्जस्ती गर्न खोजे म्यासेज जाने सम्मको प्रविधि आफुले विकास गरेको उनले बताए
January 5, 2019 12:06 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।