Sunday 21st December 2025

रवी लामिछाने दुख पोख्छन, वर्षौंसम्म सोफामा सुतेँ, रोएर रात काटेँ,सम्झदा पनि आशु आउछ

7 years अगाडी

डिभोर्सको समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेका छन् सञ्चारकर्मी रवि लामिछाने । त्यसो त उनी आफ्नो आक्रामक पत्रकारिताले केही समयदेखि चर्चामै थिए । तर, पछिल्लो चर्चा भने उनका निम्ति प्रिय छैन ।

शुक्रबार बिहान रविले फेसबुकमा लामो स्टाटस पोस्ट गर्नासाथ तरंग उब्जियो । आफ्नो निजी जीवनका केही विवादास्पद तथ्य मिडियामा आउन लागेको थाहा पाएर उनले चलाखीसाथ सुरुमै आफ्नो भनाइ सार्वजनिक गरिदिएका थिए ।

रवि र उनकी पत्नी इशा श्रेष्ठको केही दिनअघि डिभोर्स भएको हो । उनीहरुबीच दुई वर्षदेखि बोलचालै थिएन । रविले अर्की युवतीसँग लागेर आफूलाई डिभोर्स दिन वाध्य पारेको दावी इशाले गरिरहेकी छन् ।

          January 6, 2019 11:02 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...