म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले ८ मार्चमा अधिबेशन गर्ने
कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो ।
म्याग्दी जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आएका म्याग्देलीहरु द्वारा गठन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले छोटो समयमै कुवेतमा कार्यरत म्याग्देली पीडितहरुको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ, भने स्वदेशमा समेत दुखी गरिबको लागि आर्थिक सहयोग गर्दै आएको छ । कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाहरु संग पनि सहकार्य गर्दै आएको छ ।
कुवेतमा कृयाशिल संघ सस्थाहरु संग आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित उक्त ८ मार्चका दिन कुवेतमा कृयाशिल कुनै पनि संघ सस्थाले कार्यक्रम नजुधाइदिनको लागि पनि मोना कुवेतले आग्रह गरेको छ ।
कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगायत सम्पुर्ण कुवेतबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उक्त दिनको ऐतिहासिक प्रथम अधिबेशन समारोह भब्य र सभ्य रुपमा सफल पार्न उपस्थितिको लागि आयोजकले हार्दिक अनुरोध गरेको छ ।
कार्यक्रम हुने स्थान, मिति र समय निम्न बमोजिम रहेको छ ।
स्थान :- फर्वानिया, कुवेत (अल हाइतम रेस्टुरेन्ट पछाडीको हल)
मिति :- ०८ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ११:०० बजे
थप जानकारीको लागि :-
संयोजक :- प्रेम बहादुर बिश्वकर्मा (+965 517 84715)

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।