

बिहिबार यी मन्त्र सहित गणेशको पूजा गर्नुहोस् ! जीवन भरी मिल्नेछ सुख र शान्ती

हात्तिको जस्तो शिर मान्छेको जस्तो शरिर ठूलो पेट विघ्न हर्ता सिद्धी दिने विर भगवानको रुपमा मंगलबारको दिन भगवान गणेशको पूजा गर्ने गरिन्छ ।
मन्त्र : मंगलबार बर्त बसी भगवान गणेशको पूजा आरधना गरे मंगल ग्रहको प्रभाव हटेर जाने र जनविश्वास रहेको छ । मंगलबार बर्त बसी मंगल ग्रहको खराब प्रभावलाई हटाउन विधिगत रुपमा भगवान गणेशको पुजा आरधना गर्ने गरिन्छ । आज हामी तपाईलाई भगवान गणेशको पुजा गर्ने विधिबारे बताउन गइरहेका छौँ ।
बिहान उठेर पूरै शरिर नुहाउने चोखो कपडा लगाउने । सम्भव भए सम्म नजिकैको मन्दिरमा गएर भगवान गणेशको पूजा गर्ने । मंगलबारको दिन भगवान गणेशको लागि प्रिय दिन भएकाले विधिवत रुपमा बर्त बसी गणेशको पूजा गरेमा जीवनमा सोचे भन्दा धेरै सफलता मिल्ने विश्वास रहेको छ । भगवान गणेशलाई घ्यू मन पर्ने भएकोले पुजा गर्दा ३ घ्यू अर्पण गर्नुपर्ने छ । यसरी गणेशलाई घ्यू अर्पण गरेमा गणेश भगवान छिट्टै प्रसन्न हुने हुँदा छिट्टै लाभ प्राप्त हुने विश्वास रहेको छ ।
गणेश भगवानले गुलियो चिज मन पराउने भएकाले गणेशलाई सख्खरबाट बनाइएको लड्डु चढाउने प्रचलन रहेको छ । गणेशको पुजा गर्दा शुरुमा दहीले स्नान गराउनु पर्छ । त्यसैले भगवान गणेशको पुजामा कपडा समेत चढाउने गरिन्छ । यसरी सबै विधि पुरा गरेर भगवान गणेशको पुजा गरेमा गणेश खुसी हुने भएकाले गणेशजीको कृपाले हरेक कार्यहरु सफल हुनुको साथै ठूलो सफलता मिल्ने विश्वास रहेको छ ।
गणेश पूजामा जप्नु पर्ने मन्त्र : ॐ गन गणपतय नमो नम : सिद्धि बिनायक नमो नमः अष्टबिनायक नमो नम :
January 10, 2019 11:58 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

