कपाल मुण्डन गरेर सांसद उषाकला राई बसिन् आमाको किरियापुत्री, दुनियाँलाई रुवाईन् माननिय सांसदले (हेर्नुहोस् भिडियो)
प्रदेशसभा सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको किरियापुत्री बसेकी छिन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा उपचारको क्रममा राजधानीको एक अस्पतालमा निधन भएको हो ।
परम्पराअनुसार दिवंगत आमाबुवाको काजकिरिया छोराले गर्ने प्रचलन छ । सांसद राई पुरानो मान्यता तोडेर किरिया बसेकी हुन् । सांसद राईका दाजुभाइ छैनन् । उषाका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले उषाको कामलाई महान् भनेका छन् । सामाजिक सञ्जालमा तस्बिर हाल्दै लेखेका छन्, ‘साँच्चै महान् हुनुहुन्छ ।’
महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्ने उनले लेखेका छन् ।
तामाङले फेसबुकमा लेखेका छन्, ‘उषाजी तपाईं साच्चै महान् हुनुहुन्छ । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रति सम्मान र समर्थन छ ।’
सांसद राई अब ५ दिनसम्म काठमाडौंमा क्रियापुत्री बस्ने र खोटाङ जन्मघर जाने भएकी छिन् । सांसद राई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाब अन्त्य गर्नका लागि लामो समयदेखि लड्दै आएकी छिन् ।
January 11, 2019 10:48 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग