Saturday 7th March 2026

रविले जस्तै इशाले गरेको भए उनलाई बेश्या भनिन्थो -स्वतन्त्र पत्रकार सम्झना पौडेल

7 years अगाडी

म एक स्वतन्त्र पत्रकार हुँ।आजसम्म दलकारिता,प्रचारकारितासँग रहेर कहिल्यै कुनै प्रकारका कसैको पनि दवावमा परेर न रेडियोमा हुँदा समाचार भने,न अनलाइनहरुमा लेख लेखेँकिनकि कहिल्यै पनि कसैको व्यक्तिगत कुरामा रहेर भन्दा पनि समाज र देशलाई सकारात्मक बाटोतर्फ लैजानु नै एक सच्चा पत्रकारको धर्म हो भन्ने बुझेकी छु ।

पछिल्लो समयमा केहिले भगवान मानेको एकजना टिभी पत्रकारको (अमुकपात्र) कुरा बाहिर आयो ।त्यस बिषयमा मैले पनि सामाजिक सञ्जालमा आफ्ना केही अभिव्यक्ति राखेको थिएँ, जुन उनीहरुको समाचार आएपछि भन्दा लगभग ५ घण्टा पछाडि लेखिएको थियो ।

लोकतन्त्रमा फरक विचार राख्न पाउनु सबैको अधिकार हुन्छ । तर भगवान मानिएका अमुकपात्रको बिषयमा केहि लेख्दा धेरैले सर्पले झै डस्न खोज्ने यसअघि पनि गैरकानुनिरुपमा बस्दै आएको र अमेरीकि कार्ड नत्यागेको बिषयमा लेख्दा म डिप्रेसनमा नै पुगेको थिए।कारण थियो, उनका श्रद्धालु भक्तजनकोे अश्लील गालिगलौज ।

अमुकपात्रले बहुविवाह गरेको कुरा जब समाचारको माध्यमबाट अनलाइनहरुमा आयो तब आफ्नो गल्ती आफैले पर्दाफास गरेजस्तो गरी सोझा जनताहरुलाई इमोसनल ब्ल्याकमेल गरी स्टाटससम्म लेख्न भ्याए ।उनकै भनाईअनुसार पुर्व पत्नीसँग एक महिना अगाडि मात्रै डिभोर्स गरेको, तर अमेरिकामा हुँदा एक विदेशी महिला सँग अवैध सम्बन्ध रहेको र उक्त महिलासँग पनि एकजना छोरा रहेको कुरा खुल्न आयो ।

भन्नाले आफै विचार गर्नुहोस ।विवाह भनेको दुई आत्माको मिलन र समझदारी हो । घरमा एक श्रीमती भै-भै किन उनले अर्की महिलासँग अवैध सम्बन्ध राखे र बच्चासम्म जन्माए ?यहाँनेर एकजना पत्रकारको भनाई जस्ताको तस्तै राख्न सान्दर्भिक ठाने – ‘यदि रबी लामिछानेकी पूर्वपत्नी इशा लामिछानेले अमेरिकामा रबीले जस्तै कुनै अमेरिकी पुरुषसँग अबैध सम्बन्ध राखेर सन्तान जन्माएको भए इशाले उहिल्यै रबी र समाजको सजाय भोगिसक्नु पर्थ्यो ।

उनलाई हाम्रो समाजले ‘बेश्या’ को संज्ञा दिइसकेको हुन्थ्यो’ ।तर, रबीलेसमेत स्वीकार गरिसकेको अवस्थामा उनी भगवान हुन् र, हाम्रा नेपाली दिदीबहिनीहरू रबीका भक्तहरू हुन् । कसैको व्यक्तिगत जीवनमा चासो राखिएको भन्दै गुनासो गरिरहेका छन् ।

मलाई लाग्छ कसैको चरित्र हत्या गर्न व्यक्तिगत कुरा गरिएको छैन । प्रवृत्ति र नियतको कुरा गरिएको हो ।एक पटक सोच्नुसस तपाईंको गाउँको एउटा सामान्य केटा मान्छेले बिबाहविना कसैलाई गर्भवती बनाएर छोड्यो भने ? अब तपाईं भगवान नै मान्नुहुन्छ ?कसैले पनि आफ्नो धरातल बिर्सनु हुँदैन ।धरातल के हो त्यसमै अडिक रहेको राम्रो हुन्छ ।

कुतर्क गर्न आवश्यक छैन।कहिले घरमा एक बुढि हुँदाहुँदै अरुसँग सम्पर्क गर्ने र बच्चा जन्माउने,कहिले डिभोर्स गरेर अर्कीसँग इन्गेजमेन्ट गर्ने यस्तालाई के भन्ने खै? लौ आफै भन्नुहोस्।उनले मोज–मस्ती गरेर बसेको प्रमाण ती विदेशी महिला पट्टीको छोरा छ ।

          January 11, 2019 11:13 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...