सुमधुर सम्बन्धका लागि पति-पत्नीले जान्नैपर्छ ?
दाम्पत्य सम्बन्धलाई सुमधुर र सुखी राख्नका लागि एकअर्काप्रति दर्बिलो विश्वास, भरोसा, आत्मियता हुनुपर्छ । त्यससँगै एकअर्कालाई केयर पनि गर्नुपर्छ । आफ्ना पार्टनरको स्वास्थ्य अवस्था कस्तो छ ? पार्टनरलाई स्वस्थ्य र तन्दुरुस्त राख्न आफुले के गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।
पार्टनरको फेमेली हेल्थ फाइल
– परिवारमा कसमा कस्तो स्वास्थ्य समस्या छ, यसको जानकारी हुनैपर्छ । मधुमेहदेखि उच्च रक्तचाप जस्ता समस्याले कोहि न कोहि ग्रसित हुनसक्छन् ।
– आफ्नो परिवारका स्वास्थ्य स्थितीबारे बेलावखत छलफल गर्नुपर्छ ।
– परिवारको रोगबाट वेवास्ता गरियो भने त्यसको प्रभाव दोस्रो पुस्तामा समेत देखिन सक्छ । तपाईको बच्चाले जन्मदै रोग लिएर आउन सक्छ ।
– परिवारका सदस्य बेला बेलामा आफुनो स्वास्थ्य जाँच गराउनुपर्छ । साथै विज्ञको परामर्श पनि लिनुपर्छ ।
पार्टनर ओभरवेट त छैन ?
– अक्सर एकसाथ भएर पनि थाहा हुँदैन कि, पार्टनरको शरीर कति भद्दा भइसक्यो भन्ने कुरा ।
– यदि पार्टनरको तौल अनियन्त्रित रुपमा बढ्दैछ भने त्यसलाई नियन्त्रण गर्न तपाईले सहयोगी भूमिका खेल्नुपर्छ ।
– यदि तौल बढिरहेको छ भने डाइट प्लान बनाउने, व्यायाम गर्ने कामलाई निरन्तरता दिनुपर्छ ।
पार्टनरको स्लिप प्यार्टन परिवर्तन हुँदैछ ?
– सुत्ने बानीमा परिवर्तन हुँदैछ भने, सर्तक हुनुपर्छ । किनभने पार्टनर मानसिक चिन्तामा पो छन् कि ?
– यदि पार्टनर लगातार तनावमा छन् भने उनीहरु सुत्न सक्दैनन् । उनीहरु विस्तारै विस्तारै आक्रमक र रिसाह हुँदै जान्छन् ।
– पार्टनरसँग बुझ्नुपर्छ कि, उसलाई के कुराले चिन्तित बनाएको छ ?
– पार्टनरलाई आवश्यक सल्लाह, सुझाव दिने र हौसला बढाइदिने काम गर्नुपर्छ ।
पार्टनरलाई कुनै यौनजन्य रोग छ कि ?
– पार्टनरलाई यौनजन्य रोग भएर पनि त्यसलाई लुकाउन सक्छ । तर, यस्तो कुरा पार्टनरबीच खुलस्त हुनुपर्छ ।
– पार्टनरलाई यौनजन्य रोग भए दुबै मिलेर त्यसको निदान खोज्नुपर्छ ।
मानसिक स्वस्थ्यको बारेमा पनि जान्नुपर्छ
– पार्टनर किन र्झकन्छ, किन चाडै रिसाउँछ ? त्यसको कुनै न कुनै कारण हुनसक्छ ।
– पार्टनर रिसाएको बेला बादबिवाद गर्ने भन्दा बरु रिसाउनुको कारण खोज्नुपर्छ । यसले सहि निकास निकाल्न सजिलो हुन्छ ।
– पति पत्नी मानसिक रुपले पनि स्वस्थ्य हुनुपर्छ ।
January 16, 2019 12:10 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी