बालगायक प्रिन्सको म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ, ६ माघ
चितवनको सौराहा घर भई हाल काठमाडौँ बस्दै आएका ११ वर्षीय बालगायक प्रिन्स सिलवालको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उहाँकै स्वर रहेको ‘न मानामा नापिन्छ माया, न तुलोमा जोखिन्छ माया’ को म्यूजिक भिडियो बजारमा आएको हो । पर्यटकीय क्षेत्र सौराहामा छायाङ्कन गरिएको भिडियोमा मौलिक पोशाकमा सजिएका थारू युवतीको कोरस नृत्य अगाडि प्रिन्सको मोडलिङ छ । उनले किशोरी निशा पाण्डे र जेनी धमलासँग मोडलिङमा रोमान्स गरेका छन् ।
भकारी एमडिसीको प्रस्तुतिमा बनेको म्युजिक भिडियो सार्वजनिक गर्न शनिबार साँझ काठमाडौँमा आयोजित पत्रकार भेटघाटका क्रममा प्रिन्सले माया केहीसँग पनि नाप्न नसकिने भएकाले जो कोहीसँग पनि माया गाँसिन्छ भन्ने सन्देश गीतमा रहेको भन्दै दर्शकहरुको साथ पाउने आशा गरिएको बताए । उनी गोल्डेन होराइजन एकाडेमी काठमाडौँमा कक्षा ५ मा पढ्दै छन् ।
निर्देशक सञ्जय पाण्डेले प्रिन्सको प्रस्तुति उत्कृष्ट रहेकाले भविश्य राम्रो रहेको प्रतिक्रिया दिनुभयो । यसअघि प्रिन्सले दशैँको अवसरमा उमङ्गले भरिएको गीत ‘दशैँ मनाउने हो, नाच्दै रमाउने हो’ भिडियोसहित बजारमा ल्याएका थिए । यसलाई दशैँमा बालबालिकाले खुब मन पराएका थिए ।
गीतमा वसन्त वित्यासी थापाको शब्द र अशोक लोहारुङ राईको सङ्गीत रहेको छ । प्रिन्सका बुबा रमेश सिलवालले सानैदेखिको रुचिअनुसार उसलाई कला र गीत–सङ्गीतमा अभ्यास गराउन थालिएको बताउनुभयो । उक्त म्युजिक भिडियोलाई ‘वेष्ट टोन म्युजिक’ले युट्युवमा ल्याएको छ ।
January 20, 2019 1:18 pm | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।