

विश्वभरि आज दुर्लभ चन्द्रग्रहण, चन्द्रमा निकै रातो रंगको देखिने !

विश्वभरिका आकासीय पिण्ड अवलोकनकर्ताहरूले आज रातो रंगको देखिने ‘सुपर ब्लड वुल्फ मुन’ चन्द्रग्रहण हेर्ने तयारी गरिरहेका छन् । निकै चित्ताकर्षक हुनसक्ने यो चन्द्रग्रहणको बेला पृथ्वीको उपग्रहको रूपमा रहेको चन्द्रमा रातो रंगको देखिने वैज्ञानिकहरूको भनाइ छ ।
पूरै चन्द्रग्रहण उत्तर र दक्षिण अमेरिकाका साथै पश्चिम युरोप र उत्तर अफ्रिकाबाट देख्न सकिने छ । सूर्य र चन्द्रको ठीक बीचबाट पृथ्वी अघि बढ्दै गर्दा यस्तो खालको ग्रहण देखिन्छ । यस्तो बेला सूर्य पृथ्वीको पछाडि पर्न जान्छ र चन्द्रमा पृथ्वीको छायाभित्र जाने गर्दछ ।
केही वैज्ञानिकले आज रातिको पूर्ण चन्द्रग्रहणलाई ‘सुपर ब्लड वुल्फ मुन’को संज्ञा दिएका छन् । ‘सुपर’ भन्नाले चन्द्रमा पृथ्वीको धेरै नजिक आउने अवस्था र त्यसैकारण चन्द्रमा सामान्यभन्दा निकै ठूलो देखिने अवस्था बुझ्नु पर्दछ । जनवरी महिनामा पर्ने पूर्णिमालाई चाहिँ ‘वुल्फ’ भन्ने गरिएको छ ।
चन्द्रग्रहण सोमबार ग्रिनिच समय (जीएमटी) अनुसार ०२ः३५ देखि ०७ः४९ बजेसम्म देखिने छ । तर पूर्ण चन्द्रग्रहण चाहिँ ०५ः१२ जीएमटीमा देख्न सकिनेछ । बेलायतमा चन्द्रग्रहणको लगभग पूरै अवधिमा चन्द्रमा क्षितिजमाथि नै देखिनेछ ।यो चन्द्रग्रहण उत्तरपश्चिमी फ्रान्स, उत्तरपश्चिमी स्पेन, पोर्चुगल र पश्चिम अफ्रिकाको केही भाग, पूरै उत्तर र दक्षिण अमेरिका, पूर्वी प्रशान्त क्षेत्र र रुसको उत्तर पूर्वी टुप्पोबाट पनि देख्न सकिनेछ ।
सूर्यग्रहणलाई सीधै हेर्नु खतरनाक हुनसक्छ। तर चन्द्रग्रहणको बेला निस्किने प्रकाश निकै मधुरो हुने भएकोले चन्द्रग्रहणलाई कुनै उपकरणको सहयता विना नै हेर्न सकिन्छ । त्यो पूरै सुरक्षित हुन्छ। यो चन्द्रग्रहण देखिने क्षेत्रमा बसोबास गर्ने मानिसले सम्भवतः सन् २०२९ सम्ममा फेरि यस्तै खालको चन्द्रग्रहण देख्न सक्ने छैनन् ।
राशीअनुसार ग्रहण हेर्दाको फल : मेषलाई–व्यथा। वृषलाई–श्रीप्राप्ति। मिथुनलाई–क्षति। कर्कटलाई–घातक। सिंहलाई–व्यय। कंन्यालाई–लाभ। तुलालाई–सुख। वृश्चिकलाई–मान नाश। धनलाई–कष्ट। मकरलाई–स्त्री पीडा। कुम्भलाई–सौख्य। मीनलाई–चिन्ता बीबीसीबाट
January 21, 2019 12:37 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

