लोकप्रिय पत्रकार रवि लामिछानेको फोनमा नाम लिएर कस्ले गर्यो प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दिपक खनाललाई ज्यान मार्ने धम्की ?
पत्रकार रवि लामिछाने प्रकरणमा प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दिपक खनाललाई ज्यान मार्ने धम्की आएको छ । खनाललाई +६१४२३०५९६६ नम्बरबाट ज्यान मार्ने धम्की आएको हो । खनालले सामाजिक सञ्जाल मार्फत आफूलाई धम्की आएको कुरा सार्वजनिक गरेका छन । उनले धम्कीप्रति प्रशासनको पनि ध्यानाकर्षण गराएका छन ।उनले भनेका छन ‘रवि लामिछानेको हवला दिँदै +६१४२३०५९६६ बाट मार्ने धम्की दिने मान्छे को होला ? उजूरी पर्यो काउन्सिलले आचारसंहिताअनुसार कारबाही अगाडि बढायो । रविसँग उजूरीकर्ताले भनेअनुसार के कसो भएको हो भनेर लिखित जवाफ मागियो । भएको यत्ति हो । रविले संयमपूर्वक आफ्नो कुरा राख्नुको सट्टा धम्कीपूर्ण पत्र पठाउनुभयो ।
त्यत्रो चर्चित मान्छेले फेसबुकमा द्वन्द्व बढाउने गरी लेख्नुभयो । यो राग उहाँले नै बढाउनुभयो । काउन्सिलले सयौँ रविलाई पत्र लेखेको छ आचारसंहिताअनुसार । रविका विरुद्ध काउन्सिलले स्वअनुगमन गरेको पनि हैन, उजूरी हालेको पनि छैन ।सोधेकै विषयलाई पहाड बनाएर जनमत विभाजित हुन जरुरी छैन । हामीले अफिसियलबाहेक व्यक्तिगत कुरा लेखेका पनि थिएनौँ, मार्छु भन्ने धम्की आएपछि आम जानकारीका लागि यति लेखेका हौँ । प्रहरी प्रशासनको पनि ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
June 23, 2018 8:53 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :