लोकप्रिय पत्रकार रवि लामिछानेको फोनमा नाम लिएर कस्ले गर्यो प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दिपक खनाललाई ज्यान मार्ने धम्की ?
पत्रकार रवि लामिछाने प्रकरणमा प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दिपक खनाललाई ज्यान मार्ने धम्की आएको छ । खनाललाई +६१४२३०५९६६ नम्बरबाट ज्यान मार्ने धम्की आएको हो । खनालले सामाजिक सञ्जाल मार्फत आफूलाई धम्की आएको कुरा सार्वजनिक गरेका छन । उनले धम्कीप्रति प्रशासनको पनि ध्यानाकर्षण गराएका छन ।उनले भनेका छन ‘रवि लामिछानेको हवला दिँदै +६१४२३०५९६६ बाट मार्ने धम्की दिने मान्छे को होला ? उजूरी पर्यो काउन्सिलले आचारसंहिताअनुसार कारबाही अगाडि बढायो । रविसँग उजूरीकर्ताले भनेअनुसार के कसो भएको हो भनेर लिखित जवाफ मागियो । भएको यत्ति हो । रविले संयमपूर्वक आफ्नो कुरा राख्नुको सट्टा धम्कीपूर्ण पत्र पठाउनुभयो ।
त्यत्रो चर्चित मान्छेले फेसबुकमा द्वन्द्व बढाउने गरी लेख्नुभयो । यो राग उहाँले नै बढाउनुभयो । काउन्सिलले सयौँ रविलाई पत्र लेखेको छ आचारसंहिताअनुसार । रविका विरुद्ध काउन्सिलले स्वअनुगमन गरेको पनि हैन, उजूरी हालेको पनि छैन ।सोधेकै विषयलाई पहाड बनाएर जनमत विभाजित हुन जरुरी छैन । हामीले अफिसियलबाहेक व्यक्तिगत कुरा लेखेका पनि थिएनौँ, मार्छु भन्ने धम्की आएपछि आम जानकारीका लागि यति लेखेका हौँ । प्रहरी प्रशासनको पनि ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
June 23, 2018 8:53 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।