Saturday 7th March 2026

कठै! बिदेशी भुमीमै गुमे हात खुट्टा, कृष्ण ओलीको भन्दा कम छैन २३ बर्षिया बुद्धिमानको ब्यथा (भिडियो सहित)

7 years अगाडी

झापा। भारतमा बिद्दुतको काम गर्दा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका बाँके बैजनाथ ८ का २३ बर्षिया बुद्धिमान कुवरको कथा कृष्ण ओलीको भन्दा कम छैन ।

परिवारको पेट पालन भारतमा मजदुरी गर्न पुगेका कुवरले २३ बर्षकै कलीर्लो उमेरमा आफ्नो हात खुट्टा गुमाउला भनेर सपनामा समेत सोचेका थिएनन । आफ्ना छोरा र श्रीमती अनी बुढीआमा र बुढा बाबाको लालन पालन गर्ने एक मात्र आशा भनेको बुद्धिमान मात्रै थिए ।

अत्यन्तै न्यून आर्थिक अवस्था रहेका बुद्धिमानको उपचारमा १२\१३ लाख सकिसकेका छन् भने अब थप उपचारको लागी उनीसंग कुनै बाटो नरहेको स्थानीय बताउछन् । सानै उमेरमा बिबाह बन्धनमा बाँधीएका कुवरका ५ बर्षीय छोरा रहेका छन । उपचारकै निम्ती ८ कट्ठा जग्गा बेचिसकेका बुद्धिमानको अब एउटा सानो झुपडी बाहेक केही बाँकी रहेन ।

यस्तो देख्दा कसको मन रुदैन र देश तथा बिदेसमा रहेका सहयोगी मनकै कारण आज कृष्ण तथा रुपाले नया जीवन पाएका छन् । तपाईको सानु सहयोगले कसैको जीवन बच्न सक्छ भने त्यो भन्दा पून्यको काम के हुन सक्छ र ?

हालै बुद्धिमान कुँवरको उपचारको लागि आर्थिक सहयोग संकलनका लागि स्थानीय युवा हरुको सक्रियतामा सहयोग समिति पनी बनेको छ। यदी यस्तो देख्दा तपाईलाई उहाप्रती सहयोगको भावना जागेर आयो भने तपाईले सहयोगी हात बढाउन सक्नु हुने छ ।

जसको लागी वहाको फोन नम्बर हामीले भिडियो र डीस्क्रिप्सन बक्समा उपलब्ध गराएका छौ । सेवा नै धर्म हो। यदी तपाई आजको खबरको मार्फत सहयोग गर्न चाहनु हुन्छ भने तपाईले आजको खबरलाई इनबक्स वा कमेन्ट मार्फत जानाकारे गराउन सक्नु हुनेछ ।

          January 22, 2019 2:23 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...