डोटीमा अझै हटेन छाउपडी प्रथा
डोटी । सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्लाहरुमा छाउपडी गोठहरु धमाधम भत्काउन थालेपनि डोटीमा भने छाउपडी प्रथा र गोठहरु कायमै रहेका छन् विभिन्न देवी देउताको डरका कारण यहाँका ग्रामीण क्षेत्रमा अहिलेसम्म पनि छाउपडी मान्ने चलन कायमै रहेको छ । यहाँका ग्रामीण बस्तिका गाउँ गाउँमा छाउपडी गोठहरु रहेको र महिलाहरुले महिनावारी भएका बेला छाउगोठमै सुत्नु पर्ने अवस्था रहेको बडीकेदार गाउँपालिका–१ की मुना मटेलीले बताए ।
उन्ले भने , ‘महिनावारी भए घरैमा सुते अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण हामीहरु अहिले पनि छाउगोठमा बस्न बाध्य छौँ ।’त्यस्तै डोटीको सायल गाउँपालिका–२, सिर्मामा रहेको तामेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक गोमा खातीले महिनावारी भएका बेला छात्राहरु विद्यालय नआउने गरेको बताईन्।
उन्ले भने, ‘विद्यालय समयमै पनि छात्रा छाउ (महिनावारी) भइन् भने भागेर जाने र चार दिन भएपछि मात्रै विद्यालय आउने गर्छन् ।’२०६२ साल वैशाख १९ गते सर्वोच्च अदालतले मासिकश्राव भएको महिलालाई छाउपडी गोठमा पठाउने प्रथा कुरीति भएको घोषणा गरी सरकारका नाममा आदेश जारी गरेको भएपनि डोटीमा त्यसको कसैलेपनि पालना नगरेको महिला अधिकारकर्मी तुलसी शाहीले बताए ।
उन्ले भने, ‘छाउपडी प्रथा कुरीति हो भनेर अदालतले भने पनि यहाँका शिक्षित वर्गका घरमा नै बढी छाउपडी प्रथा मान्ने चलन कायमै छ, हटाउने कस्ले ?सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सुदूरपश्चिममा २०६२ साल यता करीव दुई दर्जनले छाउपडी प्रथाकै कारण ज्यान गुमाइसकेका छन् । गएकाे भदौ १ गतेदेखि लागू भएको मुलुकी (अपराध संहिता) ऐन, २०७४ को दफा १६८ को उपदफा (३) मा छाउपडी प्रथा कसैले गरेमा कानुनी सजाय हुने उल्लेख गरिएको छ ।
दफा ३ को उपदफा (४) मा कसैले यस्तो कसुर गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने व्यवस्था छ । तर ऐन लागू भएको पाँच महिना बित्दा पनि यो व्यवस्था अनुसार डोटी लागयतका अन्य जिल्लाहरुमा यो छाउपडी प्रथा मान्ने कसैलाई कारबाही भएको छैन ।
January 22, 2019 4:12 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग