Friday 22nd August 2025

बिहे गर्नु अगाडि युवतीलाई सोध्नुपर्ने जरुरी ५ प्रश्नहरु !

7 years अगाडी

आधुनिक समाजमा आज भोली मागी विवाह निकै कम हुने गर्दछ । तर यदि तपाई मागी विवाह गर्न जाँदै हुनुहुन्छ भने केही जरुरी प्रश्नहरु युवतीलाई सोध्नुहोस् । सिधै युवतीलाई सोध्न असहज भए अरु कुनै न कुनै माध्यमबाट जरुर ती सवालहरु युवतिका पु¥याउनुस् र उनको राय बुझ्नुहोस् । यसले तपाईको जीन्दगीमा नयाँ मोड ल्याउन सक्छ ।

एक अर्काको आनीबानी थाहा पाउन वर्षौं लाग्न सक्छ । तर केही प्रश्न यस्ता छन् जुन प्रश्नबाट तपाई क्षण भर मै हुने वाला जीवन साथीको सम्पूर्ण आनीबानी थाहा पाउन सक्नु हुन्छ । त्यसपछि निर्णय गर्ने जिम्मा तपाईको । किनकी सबै मान्छेहरु चाहान्छन् आफ्नो जीवन सानदार ढंगले बितोस् । विहे गर्नु भन्दा पहिला महिलालाई सोध्नुपर्ने प्रश्नहरु यस प्रकार रहेका छन् ।

१. सबै भन्दा पहिला केटीको शिक्षाको बारेमा जरुर सोध्नुहोस् । सफल जीवनको पहिलो कडि नै शिक्षा हो । भनिन्छ घरमा महिला शिक्षित भए पुरै परिवार शिक्षित हुन्छ ।

२. त्यसपछि एकअर्काको रुचीहरुको बारेमा सोध्नुहोुस् । रुची हेर्दा सानो सानो देखिएपनि मानिसको संस्कार र संस्कृतिसँग जोडिएर आएको हुन्छ । तपाई यसलाई कमजोर सोच्दै नसोच्नुस् । एक अर्काको रुचीहरु मिल्यो भने मात्र जीवन सफल हुन सक्छ ।

३. उनीसँग के कुरा गर्दा नजिक हुन सकिन्छ जरुर सोध्नुहोस् । उसका साथीहरु कस्ता कस्ता छन् ? भन्ने पनि बुझ्न आवश्यक छ । उनका साथीहरु भनेको उनले सिक्ने खुल्ला विद्यालयहरु पनि हो । किनकी उसको बाल्यकाल त्यही बितेको छ ।
४. फ्यूचर प्लानिङको बारेमा पनि छोटो प्रतिक्रिया लिनुहोस् । उसको पहिलो प्राथमिकता के हो ? भन्ने पनि बुझ्नुहोस् । याद गर्नुहोस् फ्यूचर प्लानिङको बारेमा उनले भनेको छोटो प्रतिक्रिया नै महत्वपूर्ण हुनसक्छ ।

५. आर्थिक मामलामा उनको धारणा के हो त्यो पनि बुझ्नु होस् । तपाईको जिन्दगी सफल पार्नका लागि आर्थिक चिजको भूमिका पहिलो र महत्वपूर्ण हुने गर्छ । तर याद गर्नुहोस् मनी माइन्डेट युवति छ भनेपनि तपाईको जीवन सफल नहुन सक्छ ।

          January 25, 2019 12:26 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...