कसैको सहयोग पाए बाँच्ने थिए: बोनम्यारो पीडित बालकको पुकार
काठमाडौँ – बोनम्यारो रोगबाट पीडित १३ बर्षीय बालक प्रेम बिश्वकर्माको परिवारले उपचारको लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै प्रेमको परिवारले सहयोगको आग्रह गरेको हो ।
बिहीवार काठमाडौंमा छोरा पनि सँगै लिएर आएका उनका बुवा अम्बरबहादुर बिश्वकर्माले आफ्नो छोरालाई बचाईदिन आग्रह गर्दै सहयोगको अपिलसमेत गरेका छन् । सुनसरीको बराह नगरपालिका– २ बयरबन स्थायी घर भएका अम्बरबहादुर पेशाले आरन ब्यवसायी हुन ।
यही व्यवसाय गरेर आफूले परिवारको गुजरा चलाईरहेको उनले सुनाए ।सिँगो परिवार नै यतिवेला के खाउँ र के लाउँ रु भन्ने अवस्थाबाट गुज्रिरहेको सुनाउँदै उनले छोरालाई बचाउन अपिल गरे । उनले भने,‘छोरा महँगो रोगको शिकार भएको छ, हाम्रो आर्थिक अवस्था अत्यन्तै दयनीय छ ।’
अस्पतालले छोराको उपचारको लागि करिव १७ लाख उपचार खर्च लाग्ने बताएको पनि उनले जनाए । तामाका भाँडाहरु बनाएर आफ्नो परिवारको जीविका चलाईरहेका उनी योभन्दा पहिला छोरीको उपचार गर्न आफ्न्तबाट लिएको ऋण तिर्न अझै नसकेको गुनासो पोख्छन् ।
कार्यक्रममा आफुलाई पढेर ठुलो मान्छे बन्ने धोको रहेको बताउने बालक प्रेम बराह राईजिङ स्कुलको कक्षा ५ मा अध्ययनरत छन् । अहिले आफुलाई प्रत्येक दिन ‘एक पिन्ट’ रगत चढाईरहेको उनले जानकारी गराए ।
अहिलेसम्म भएको सानो जग्गालाई गाँउमै धितो राखेर लिएको पाँच लाख रुपैया पनि उपचार गर्देमा सकिएको पनि उनले जानकारी गराए । उनले आफुलाई बचाउन सहयोगी हातहरुलाई आफ्नो सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ९अम्बर बहादुर बिश्वकर्मा र प्रेम बिश्वकर्मा० ०१६१५३८७५९४ मा जम्मा गरिदिन अनुरोध गरेका छन । उनले आफ्नो सम्पर्क नम्बर ९८४२२०८८१८ मा सम्पर्क गरेर पनि सहयोगको गर्न सक्ने जानकारी गराए ।
January 25, 2019 12:29 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी