Friday 22nd August 2025

किन लगाइन्छ सिन्दुर ? हिन्दु महिलाले पहिरिने सिन्दुरसँगको वैज्ञानिक कारण यस्ताे छ !

7 years अगाडी

हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । यतिसम्मकी आफ्ना बुज्रकहरुको भनाइलाई धारणा बनाउँदैं महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु पहिरिने गरेका छन् । तर, सिन्दुर, मंगलसुत्र, चुरा, औठी र पाउजुसँग जोडिएको वैज्ञानिक सत्य निकै कम मानिसहरुलाई मात्र थाहा छ ।

किन लगाइन्छ सिन्दुर ? : सदियौंदेखि विवाहिता हिन्दु महिला सिउँदोमा सिन्दुर लगाउँदैं आएका छन् । सिन्दुर शिरलाई दुई भाग पारेर बीचौ हिस्सामा लगाइन्छ । यस विन्दुलाई महत्वपूर्ण र संवेदनशील मानिन्छ । यस ठाउँमा सिन्दुर लगाउनाले सधैं सर्तक र सक्रिय रहने वैज्ञानिक कारण रहेको छ ।

वास्तवममा सिन्दुरमा ‘मर्कती’ हुन्छ जो एकमात्र यस्तो धातु हो जो तरल पदार्थका रुपमा पाइन्छ । यही कारण हो कि सिन्दुर लगाउँदा शितलता मिल्छ र दिमाग तनावमुक्त हुन्छ । सिन्दुर विवाहपछि लगाइन्छ किनकी मानिन्छ विवाहपछि महिलाको जिम्मेवारी बढ्छ र दिमागलाई शान्त र ब्यवस्थित राख्न जरुरी हुन्छ ।

काँचका चुरा लगाउने वैज्ञानिक कारण : विवाह गरेकी महिलालाई काँचका चुरा लगाउनु शुभ मानिन्छ । नयाँ दुलहीको चुराको आवाजले उनको उपस्थितीको आभासलाई थाहा पाउन सकिन्छ । तर, यसका पछाडि एक वैज्ञानिक कारण लुकेको छ । वास्तवममा काँचमा सात्विक र अंश प्रधान रुपमा रहेको हुन्छ । जसका कारण चुरा आपसमा टक्रराएपछि जुन आवाज पैदा हुन्छ, त्यसले नकारात्मक उर्जालाई टाढा भगाउँछ ।

मंगलसुत्रको पहिरनसँग जोडिएको वैज्ञानिक कारण : मानिन्छ कि मंगलसुत्र लगाउनाले रक्तचाप नियमित हुन्छ । भनिन्छ कि हिन्दु महिला धेरै शारिरीक श्रम गर्ने भएकाले उनीहरुको ब्लड प्रेसर नियन्त्रित हुन आवश्यक छ । जानकारहरु सल्लाह दिने गरेका छन्, मंगलसुत्र लुकाइएको हुनुपर्छ । यसका पछाडिको विज्ञान के छ भने मंगलसुत्र शरीरसँग टच हुनुपर्छ ताकि उसले धेरै भन्दा धेरै प्रभाव पार्न सकोस ।

          January 25, 2019 2:13 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...