वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगि गर्नेको छोरीलाई अपहरण गरेर पैसा उठाएपछि !
राजधानीको कोटेश्वरबाट एक बालिकाको अपहरणको ७ घण्टामै प्रहरीले सकुशल उद्धार गरेको छ । आपसी लेनदेनको विषयलाई लिएर भएका अपहरणको घटनामा प्रहरीले बालिकालाई गौशालाबाट उद्धार गरेको हो । अपहरणकारीलाई भने प्रहरीले जनकपुरबाट पक्राउ गर्न सफल भएको छ ।थापाथलीस्थित प्रसूति गृहकी चिकित्सक डा. बबिता शाहकी २ वर्षिया छोरी सन्दिज्ञा कर्णलाई जनकपुरका मनिषकुमार गुप्ताले अपहरण गरेका थिए ।
प्रहरीले गौशाला तिलगंगामा रहेको होटल गणेशबाट अपहरणमा परेकी बालिकाको उद्धार गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार बिहान साढे आठ बजेतिर अपहरण भएकी बालिकाको सकुशल उद्धार गरेको हो । तर, उनको परिवारले डेढ लाख रुपैयाँ तिरेपछि अपहरणकारीले उनलाई होटलमा छाडेर भागेका थिए । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ की अर्चना गुप्ता र बाबु श्रेष्ठ छन् । गुप्ता अपहरणकारी मनिषकी श्रीमति रहेको बताइएको छ ।
परिसरका अनुसार धनुषा स्थायी घर भएकी चिकित्सक डाक्टर बविता साहकी छोरीको बिहान साढे ८ बजे अपहरण भएको थियो । अनुसन्धान अधिकारीका अनुसार डाक्टर बबिता बिहान ८ बजे १० वर्षीय छोरा र छोरीलाइ छोडेर घरबाट निस्किएपछि घटना भएको हो । दाजु र बहिनी खेलिरहेका बेला कोटेश्वर घर बाहिरबाट एकजना अपरिचत ब्यक्तिले बालिकालाई लिएर गएका हुन् ।
बालिकाको उद्धारमा खटिएका डिएसपी होविन्द्र बोगटीले बालिका सकुशल रहेको बताए । उनले अपहरणमा संलग्न मनिषकुमार गुप्ता फरार रहेको बताए । उनका अनुसार अपहरणपछि गुप्ताले जनकपुरमा रहेका बालिकाका बुवा इन्जिनियर सन्तोष कर्णलाइ फोन गरेर फिरौती माग भएको थियो । कर्णले त्यसको जानकारी तत्काल प्रहरीलाई गराएका थिए ।
ठगी गरेपछि अपहरण – वैदेशिक रोजगारीमा पठाउँछु भनेर वैदेशिक रोजगारीमा नपठाई रकम ठगेपछि बच्चा अपहरण गरेको पाइएको छ । बालिकाका बुबाले जनकपुरकै मनिशकुमार गुप्तालाई वैदेशिक रोजगारीमा माल्दिभ्स पठाइदिन्छु भनेर २ लाख ५० हजार रुपैयाँ लिएको तर पछि वैदेशिक रोजगारीमा पनि नपठाएको र पैसा पनि फिर्ता नदिएपछि बच्चा अपहरण गरेको पाइएको छ ।
मनिश कुमार यसअघि पनि वविताको घरमा एक महिना बसेर फर्किएका थिए । उनले पटक–पटक आफ्नो पैसा फिर्ता दिन माग गर्दै आएका थिए । वविताका श्रीमानले पैसा फिर्ता नदिएपछि उनी शुक्रबार बिहान मात्रै काठमाडौं आएका थिए । आएको केही समयमै उनले वविताकी दुई बर्षिय छोरी अपहरण गरेका हुन् ।
काठमाडौंमा अपहरण फिरौती जनकपुरमा- अपहरण काठमाडौंमा भएपछि गुप्ताले बालिकाका पितालाई फोन गरेर फिरौती मागेका थिए । उनले आफ्नो रकम तत्काल फिर्ता गर्न भन्दै धम्काएका हुन् । बालिकाको पिताले एक लाख पचास हजार रुपैया गुप्ताकी पत्नीको नाममा जनकपुर पठाएका थिए । सो रकम निकाल्ने र लैजाने उनकी पत्नी र अर्का सहयोगीलाई जनकपुर प्रहरीले प्रक्राउ गर्न सफल भएको हो । दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भईरहेको प्रहरीले जानकारी दिएको छ ।
January 26, 2019 10:26 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै