वैदेशिक रोजगारीमा पठाउँछु भनेर ठगि गर्नेको छोरीलाई अपहरण गरेर पैसा उठाएपछि !
राजधानीको कोटेश्वरबाट एक बालिकाको अपहरणको ७ घण्टामै प्रहरीले सकुशल उद्धार गरेको छ । आपसी लेनदेनको विषयलाई लिएर भएका अपहरणको घटनामा प्रहरीले बालिकालाई गौशालाबाट उद्धार गरेको हो । अपहरणकारीलाई भने प्रहरीले जनकपुरबाट पक्राउ गर्न सफल भएको छ ।थापाथलीस्थित प्रसूति गृहकी चिकित्सक डा. बबिता शाहकी २ वर्षिया छोरी सन्दिज्ञा कर्णलाई जनकपुरका मनिषकुमार गुप्ताले अपहरण गरेका थिए ।
प्रहरीले गौशाला तिलगंगामा रहेको होटल गणेशबाट अपहरणमा परेकी बालिकाको उद्धार गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शुक्रबार बिहान साढे आठ बजेतिर अपहरण भएकी बालिकाको सकुशल उद्धार गरेको हो । तर, उनको परिवारले डेढ लाख रुपैयाँ तिरेपछि अपहरणकारीले उनलाई होटलमा छाडेर भागेका थिए । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–४ की अर्चना गुप्ता र बाबु श्रेष्ठ छन् । गुप्ता अपहरणकारी मनिषकी श्रीमति रहेको बताइएको छ ।
परिसरका अनुसार धनुषा स्थायी घर भएकी चिकित्सक डाक्टर बविता साहकी छोरीको बिहान साढे ८ बजे अपहरण भएको थियो । अनुसन्धान अधिकारीका अनुसार डाक्टर बबिता बिहान ८ बजे १० वर्षीय छोरा र छोरीलाइ छोडेर घरबाट निस्किएपछि घटना भएको हो । दाजु र बहिनी खेलिरहेका बेला कोटेश्वर घर बाहिरबाट एकजना अपरिचत ब्यक्तिले बालिकालाई लिएर गएका हुन् ।
बालिकाको उद्धारमा खटिएका डिएसपी होविन्द्र बोगटीले बालिका सकुशल रहेको बताए । उनले अपहरणमा संलग्न मनिषकुमार गुप्ता फरार रहेको बताए । उनका अनुसार अपहरणपछि गुप्ताले जनकपुरमा रहेका बालिकाका बुवा इन्जिनियर सन्तोष कर्णलाइ फोन गरेर फिरौती माग भएको थियो । कर्णले त्यसको जानकारी तत्काल प्रहरीलाई गराएका थिए ।
ठगी गरेपछि अपहरण – वैदेशिक रोजगारीमा पठाउँछु भनेर वैदेशिक रोजगारीमा नपठाई रकम ठगेपछि बच्चा अपहरण गरेको पाइएको छ । बालिकाका बुबाले जनकपुरकै मनिशकुमार गुप्तालाई वैदेशिक रोजगारीमा माल्दिभ्स पठाइदिन्छु भनेर २ लाख ५० हजार रुपैयाँ लिएको तर पछि वैदेशिक रोजगारीमा पनि नपठाएको र पैसा पनि फिर्ता नदिएपछि बच्चा अपहरण गरेको पाइएको छ ।
मनिश कुमार यसअघि पनि वविताको घरमा एक महिना बसेर फर्किएका थिए । उनले पटक–पटक आफ्नो पैसा फिर्ता दिन माग गर्दै आएका थिए । वविताका श्रीमानले पैसा फिर्ता नदिएपछि उनी शुक्रबार बिहान मात्रै काठमाडौं आएका थिए । आएको केही समयमै उनले वविताकी दुई बर्षिय छोरी अपहरण गरेका हुन् ।
काठमाडौंमा अपहरण फिरौती जनकपुरमा- अपहरण काठमाडौंमा भएपछि गुप्ताले बालिकाका पितालाई फोन गरेर फिरौती मागेका थिए । उनले आफ्नो रकम तत्काल फिर्ता गर्न भन्दै धम्काएका हुन् । बालिकाको पिताले एक लाख पचास हजार रुपैया गुप्ताकी पत्नीको नाममा जनकपुर पठाएका थिए । सो रकम निकाल्ने र लैजाने उनकी पत्नी र अर्का सहयोगीलाई जनकपुर प्रहरीले प्रक्राउ गर्न सफल भएको हो । दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भईरहेको प्रहरीले जानकारी दिएको छ ।
January 26, 2019 10:26 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी