नेपाल आइडलबाट चर्चामा आएका प्रताप दासको स्वर रहेको गीत ‘मुलको पानी’मा पल शाहको दमदार अभिनय (भिडियो सहित)
नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दास र सुन्दरी गायिका भावना आचार्यको स्वरमा तयार भएको गीत मुलको पानीको भिडियो सार्वजनिक भए लगत्तै यसको चर्चा सुरु भएको छ । दीपक शर्माको शब्द संगीत रहेको उक्त गीतमा चर्चित अभिनेता पल शाहले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा पलसँग निशा पुरीले साथ दिएकी छिन् ।
यसअघि बग्ने खोला बगिको बोल गीत मार्फत आफूलाई सांगीतिक क्षेत्रमा स्थापित गराउन सफल भावनाको यो लोक भाकाको अर्को गीतमा नायक पल शाहले विबाहको कुरा गरेका छन् । माघ महिनामा पलले विबाहको कुरा गर्दा उनलाई निशा पुरीले साथ दिएकी छिन् । देबेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी पनि स्वयम निर्देशकले नै गरेका छन् ।
भावनाको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक भएसँगै राम्रो प्रतिकृया पाएकी गायिका यो गीतलाई लिएर निक्कै उत्साहित देखिन्छिन् । गायिका भावनाका गीतहरु एकपछि अर्को गर्दै लगातार हिट भएसँगै उनी दशे विदेशका कार्यक्रमहरुमा समेत ब्यस्त बन्दै जान थालेकी छिन् ।
January 26, 2019 10:41 am | भिडियो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निकाेलस भुसाल गाेरखाबाट पक्राउ
तीन महिनामा २ लाख जनाभन्दा धेरैले श्रम स्वीकृति लिए
बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते
शहरी विकास मन्त्री घिसिङबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटको अनुगमन
कुवेतमा १४ नोभेम्बरमा फुटबलको कुम्भ मेला लाग्दै, टिम दर्ता र टाईसिट ०७ नोभेम्बरमा
कुवेतमा यात्री समाजको देउसी -भैलो, दक्षिणा समाजसेवामा
संसद् पुनःस्थापनाको अडान छाडेर चुनावमा सहभागी हुन ‘जेनजी’ प्रतिनिधिको प्रस्ताव
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार