

महिलाहरु रातको समयमा कहिले पनि नगर्नुस् यी कार्यहरु ! के गर्दा चाहीं मिल्छ लाभैलाभ ?

हिन्दू शास्त्रअनुसार महिलाहरुलाई घरमा लक्ष्मीको दर्जा दिईने गर्छ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई यस्तो दर्जा दिने गरिएको हो।कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ। आज हामी तपाईहरुलाई ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार महिलाहरुले रातको समय केही कार्य गर्दा घरमा लक्ष्मीले वास गर्ने हुँदा यस विषयमा जानकारी गराउन जाँदै छौँ।
रातको समयमा महिलाहरुले गर्न हुँदैन यी कार्य : ज्योतिष शास्त्रका अनुसार, साँझको समयमा महिलाहरु अन्य छिमेकीको घरमा दुध, दही, नुन, तेल र प्याज माग्न जानु अशुभ हुने गर्छ। महिलाहरुको यो कार्यले जीवनमा धेरै दुख कष्टको सामना गर्नुपर्ने वा आर्थिक नोक्सान हुँदै जाने मान्यता रहेको छ।
त्यसैगरी महिलाहरुले बेलुकी खाना खाईसकेपछि भान्सामा कुनै जुठा भाँडा नराखी सफा गर्ने गर्नुपर्छ। यसो गर्दा घरमा लक्ष्मीले बास गर्ने र प्रशस्त धन सम्पति संचित गर्ने अवसर मिल्नेछ भने जीवनमा सोचे अनुसार सफलता हँसिल गर्न सकिन्छ।
महिलाहरुले रातको समयमा यी कामहरु गर्दा मिल्नेछ अधिक लाभ : ज्योतिष शास्त्रका अनुसार महिलाले महिनामा एकपटक घरका सबै कोठाको सुरक्षित स्थानमा कालो नुन राख्नुपर्छ । यस पश्चात बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पनन भएका नकारात्मक उर्जा बाहिर निकाल्न मद्धत पुर्याउछ ।
राती सुत्नुअघि घरभित्र रहेको कुच्चो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ । यसो गर्दा जीवनमा प्रशस्त धन लाभ गर्ने अवसर मिल्नेछ। रातमा सुत्नुअघि भान्छामा एक लोटा पानी भरेर राख्ने गर्नुपर्छ। यसरी सुत्नु अघि लोटामा पनि भरेर राख्दा पितृ खुशी हुने र उनीहरुको कृपाले जीवनमा ठुलो सफलता हात पार्न सकिनेछ।
January 26, 2019 10:56 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

