Saturday 20th December 2025

गाउँपालिकाको आफ्नै बस : भाडा अरुको भन्दा ३० प्रतिशत सस्तो

7 years अगाडी

डोटी – पूर्वीचौकी गाउँपालिकाले चौखुट्टे  सिलगढी बस सेवा सुरु गरेको छ । अछामको चौखुट्टेदेखि जिल्ला सदरमुकाम सिलगढीसम्मका लागि दुई वटा बस सञ्चालन गरिएको छ । बस सेवा सुरु भएपछि पूर्वीचौकीका बासिन्दालाई राहत पुग्ने गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । अछामको सिमाना चौखुट्टेदेखि सिलगढीसम्म बिहान, दिउँसाृे र बेलुका बस छुट्ने गाउँपालिकाका प्रशासकीय अधिकृत बिनोद सापकोटाले बताउनुभयो ।

गाउँपालिकाले बस सेवा शुरु गरेपछि यहाँका बासिन्दा खुशी भएका छन् । गाउँपालिकाले एक्जाभेटर सेवा पनि सुरु गरेको छ । गाउँपालिकाभित्र सडक विस्तार, मर्मत तथा सुधार गर्नका लागि आफ्नै जोडर पनि ल्याइएको गाउँपालिकाका उपाध्यक्ष निर्मला साउदले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा आफ्नै यातायात सञ्चालन गर्ने यो पहिलो गाउँपालिका हो ।

३० प्रतिशत सस्तो भाडा : पूर्वीचौकी गाउँपालिकाले अरु गाडीमा भन्दा ३० प्रतिशत कम भाडादर निर्धारण गरेको छ । मुनाफाभन्दा पनि सेवाको हिसाबले सञ्चालन गरेका कारण सस्तो भाडादर कायम गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो ।

चौखुट्टेदेखि सिलगढीसम्मको सार्वजनिक यातायातमा १ सय ५० रुपैँया भाडा दिने गरेको भए पनि गाउँपालिकाले १ सय १० रुपैँया मात्र कायम गरेको छ । यसअघि दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाले पनि आफ्नै बस सेवा सञ्चालन गरेका छन् । डडेल्धुराको सिमाना कोरालखोलादेखि अछामको चौखुट्टेसम्म स्थानीय सरकारका बस सञ्चालन भएका छन् ।

          January 27, 2019 10:45 am | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...