Wednesday 11th February 2026

डोलराज न्यौपानेको भजन गीत “ के हो नी प्रभु यो चाल…….“ ( भिडियो )

7 years अगाडी

काठमाण्डौ- चर्चित लोक गायक डोलराज न्यौपाने र गायिका  सरिता  न्यौपानेको स्वरमा एकदमै मौलिक भजन गीत “ के हो नी प्रभु यो चाल…….” बजारमा आएको छ । बिगत एक दशक देखी कुवेतलाई कर्म थलो बनाइरहेका लोक गायक डोलराज न्यौपाने तथा लोक गायिका सरिता न्यौपानेको स्वर रहेको  उक्त भजन गीतको म्युजिक भिडियो लाई भजन नेपालको युटुव च्यानलबाट सार्वजनिक भयको हो । उक्त गीतमा बिष्णु पाण्डेको सब्द रहेको छ भने गायक न्यौपानेको संगीत रहेको छ । 

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष सम्म रहेका लोक गायक डोलराज न्यौपानेले प्रवास बाट भए पनी  नेपाली कला सँस्कृतीलाई जोगाई राख्न ठुलो भूमिका खेल्दै आइरहेका छन् । 

दर्जनौ गीतमा स्वर भरिसकेका गायक न्यौपानेको नयाँ भजन गीतको म्युजिक भिडियोमा रोमा न्यौपाने , सबिन भण्डारी , मनिषा डोटेलको अभिनय रहेको छ । 

स्मिर्ती तिमिल्सिनाले निर्देसन गरेको उक्त म्युजिक भिडियो लाई सुरेश श्रेष्ठले छायांकन गरेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका हुन्। 

भिडियो – 

          January 28, 2019 3:32 pm | भिडियो,संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...