Friday 22nd August 2025

मन परेको प्रेमिका चाहनुहुन्छ भने यो मन्त्र जप गर्नुहोस् !

7 years अगाडी

धर्म ग्रन्थका अनुसार देवी दुर्गा माताको पुजा गर्दा भक्तको मनाकांक्षा पुरा हुने विश्वास गरिन्छ। हुनत दुर्गा मातासँग सम्बन्धीत अनेकौँ ग्रन्थको रचना भएको छ। तर ती मध्ये दुर्गासप्तशती महत्वपूर्ण मानिन्छ। जुन व्यक्तिले विधि विधानसहित दुर्गा माताको पाठ गर्छन्, उनको मनोकांक्षा पुरा हुने विश्वास गरिन्छ।

ज्योतिषाचार्य मनिष शर्माका अनुसार दुर्गासप्तशतीमा यस्तो एक मन्त्र छ, जुन मन्त्र जप गर्दा तपाईको मनोकांक्षा पुरा हुन सक्छ। यदी तपाई सुन्दर र सुशील पत्नी चाहनुहुन्छ भने उक्त मन्त्र जप गर्नुभयो भने तपाईको मनोकांक्षा पुरा हुनेछ। यस्तो छ मन्त्र पत्नी मनोरमां देही मनोवृत्तानु सारिणीम् । तारिणीदुर्गसं सारसागरस्य कुलोद्धवाम् ।।

मन्त्रको अर्थ, हे देवी मलाई मेरो मनोकांक्षा अनुसार मनोहर पत्नी प्रदान गर, जो दुर्गम संसार सागरसँग तरने तथा उत्तम कुलमा उत्पन्न भएको हुनुपर्यो। मन्त्र जप गर्ने विधि, विहान चाँडै नुहाएर सफा बस्त्र लगाउनुहोस्। त्यसपछि दुर्गामाताको पुजा गर्नुहोस्।

दुर्गा माताको मूर्ती तथा तस्वीर अगाडि आसन लगाएर रुद्राक्षको माला लिएर यस मन्त्रको जप गर्नुहास्। प्रत्येक दिन पाँच माला जप गर्नुभयो भने तपाईको मनोकांक्षा पुरा हुने शास्त्रमा उल्लेख छ। आसन सकेसम्म कुशको भयो भने राम्रो हुनेछ। हरेक दिन एकै समयमा, एकै आसनमा बसेर एकै माला जप गर्दा पनि तपाईको मनोकांक्षा चाँडै पुरा हुनेछ।

          January 28, 2019 7:05 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...