नापी भएको जग्गाको लालपुर्जा नपाउँदा सुकुम्वासी चिन्तित
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित जनप्रमेमी टोलका ३२ घर सुकुम्वासीको जग्गा विसं २०२९ मा नापी भए पनि अहिलेसम्म सम्बन्धित व्यक्तिले लालपुर्जा पाउन नसक्दा चिन्तित बन्न थालेका छन्।
सुकुम्वासी अरिमान मगर भन्छन्, “विसं २०२९ मै पहिलो पटक पञ्चायत व्यवस्थामा आफूहरु बसेको जग्गा नापी भएको हो,त्यसबेलाको सरकारले लालपुर्जा दिने भन्दै टारेर आश देखाउँदै लामो समय कटायो।”
विसं २०४६ पछि बहुदलीय व्यवस्था आएपछि पनि पुनः आफूहरु बसेको जग्गा पटक-पटक नापी भएको र आफूहरुले करसमेत तिर्दै आएको तर अहिलेसम्म लालपुर्जा पाउन नसकेको गुनासो अर्का भुटाई चौधरीको छ।
विसं २०२९ देखि भोग गर्दै आएको जग्गा र करसमेत तिर्दै आएको जग्गाबाट बरु अहिले स्थानीय प्रशासनले पटक–पटक सूचना टास गर्दै हट्न निर्देशन दिने गरेको नहटे बल प्रयोग गर्ने चेतावनीसमेत दिने गरेका कारण आफूहरु चिन्तित हुनुपरेको अर्का दिलबहादुर बोट बताउँछन्।
आफूहरुसँग पुरानो कर तिरेको रसिद सुरक्षित रहेका कारण पनि आफूहरुले भोग्दै आएको जग्गाको लालपुर्जा ३२ घर सुकुम्वासीले पाउनुपर्ने दाबी यहाँ बसोबास गर्दै आएकाहरुको छ। तर स्थानीय प्रशासन तथा मालपोतका पदाधिकारी यसमा आफूहरुभन्दा माथिल्लो निकायको निर्णय हुनुपर्ने त्यसपछि मात्र उक्त जग्गाको लालपुर्जा पाइने बताउँछन्।
कित्ता नं ५२ मा बसोबास गरेकालाई विसं २०२९ मा सुकुम्वासीको कागजपत्र प्रदान गर्दै उक्त जग्गा तत्काल हकभोग गर्न पाउने तत्कालीन सरकारले अधिकार प्रदान गरेको दिलबहादुर बोट बताउँछन्। अहिले जनप्रेमी टोलमा ४६ वर्षदेखि बसोबास गर्दै आएका ३२ घर सुकुम्वासीले जग्गाको लालपुर्जा पाउन नसकेपछि अबको भविष्य के हुने हो भन्ने चिन्ताले रातदिन चिन्तित बन्दै जान थालेका छन् भने चाँडो राज्यले आफूहरुलाई लालपुर्जा प्रदान गरेर न्याय दिनुपर्ने मागसमेत गर्न थालेका छन्।
January 30, 2019 3:55 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी